देउराली । सुनसरी टेक्निकल कलेजले श्रीपञ्चमीको अवसरमा सरस्वतीको पुजा तथा सास्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । विहिबार आफ्नै भवनमा रहको सरस्वतीको मन्दिरमा विद्याथी तथा शिक्षक भेला भएर विद्याकी देवी सरस्वतीको पुजा गरेको थियो । साथै उक्त अवसरमा कलेजका ६ सय बढि विद्यार्थीहरुको उपस्थीतीमा सय भन्दा वढि विद्यार्थीहरुले नृत्य, गायन तथा नटक गरेर संस्कृतीक कार्यक्रमको सम्पन्न गरेको थियो ।

84357695_169395037724026_8970459902627545088_n

विद्यार्थीहरुमाज प्रतिस्पर्धा गराई पुरस्कार समेत वितरण गरेको कलेजले सास्कृतीक तर्फ प्रथम भएको रेडियोलोजि विभागका विद्यार्थीहरुलाई नगद १० हजार प्रदान गरेको थियो । त्यस्तै, दोस्रो र तेस्रो बनेको क्रमस हेल्थ असिस्टेन्ड विभागका विद्यार्थीहरुलाई ७ हजार र विएस्सी माइक्रो वायोलोजीका विद्यार्थीलाई ५ हजार प्रदान गरेको थियो । सान्तवना पुरस्कारका रुपमा डिप्लोमा इन फर्मोसीका विद्यार्थीहरुलाई नगद ३ हजार प्रदान गरेको थियो ।

त्यस्तै, खुल्ला तर्फबाट डिप्लोमा सिभिल इन्जिनियरीङ्गका एक जना र वि टेक फुड टेक्नोलोजिका एक जना गरी दुई जना विद्यार्थीलाई जनही १ हजार नगद प्रदान गरेको थियो ।
सास्कृतीक कार्यक्रमका सभापती कलेजका निमित्त क्याम्पस प्रमुख विवेद दाहाल रहेका थिए । त्यस्तै, प्रमुख अतिथिमा कलेज संञ्चालक तथा प्रवन्ध निर्देशक लेखि सुब्बा र विशिष्ट अतिथिहरुमा निदेशक सुनिता सुब्बा न्यौपाने र मिलन साम्सोहाङ्ग लिम्बु रहका थिए ।

66582575_2394974953858836_5382957012579516416_n (1)