ब्लाष्टखबर । कोरियाबाट फर्केका धरान ११ का एक विरामी काेराेना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेकाे छ । 

करिब ५ दिन अघि काेरीयाबाट नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको दुःखाईकाे उपचार गर्न प्रतिष्ठानकाे आकस्मिक कक्षमा पुगेका उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर  गरीएकाे प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले बताएका छन्र । 

कोरियाबाट आफु फर्कदा केही व्यक्ति संक्रमण भइसकेको बताएका उक्त बिरामी तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती विरामी उपचार गराउन आएकाे डा. मल्लले बताए  । बिहिबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका विरामी आफैले पनि आफुलाई कोरोना भाइरस संक्रमण भएकाे हुनसक्ने अासंका जनाए पछि राती ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएकाे छ । 

आशंकाै आधारमा उनलाई रेफर गरीएकाे भएपनी  यसबारेमा मन्त्रालयमा पनि जानकारी गराइसकेकाे डा.मल्लले बताए ।