पथरी/ मोरङ पथरी उद्योग बाणिज्य सङ्घका महासचिव अशोककुमार साम्पाङ राईले २ करोड ५० लाखको लगानीमा निर्मण गरेको होटल साल्पा उद्घाटन गरिएको छ ।

पथरीशनिश्चरे–२ बुद्धचोकमा आधुनिक तरिकाको सुविधा सम्पन्न होटल साल्पाको बिहीबार एक कार्यक्रमका बिच नगरका मेयर दिलिपकुमार राईले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पथरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत पनि रहेका थिए । कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर खोलिएको होटल सञ्चालक अशोक कुमार साम्पाङले बताए ।.

मेयर राईले खोटाङ, सोलुखुम्बु, भोजपुर, र सङ्खुवासभा सङ्गम स्थल रहेको साल्पा पोखरीको नाममा खोलिएको होटलले गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको मन जित्न सफल रहोस् भन्दै शुभकामना दिएका थिए ।

२ कट्ठा १४ धुर क्षेत्रफलमा बनेको होटलमा १२ ओटा कोठा एटेज रुम, ३० जनादेखि ५० जनासम्म पाहुनालाई आवासको सुविधा दिन सक्ने क्षमता रहेको छ । राम्रो आकारमा सजिएको चारतले घरको वरिपरिको वातावरण पनि राम्रो रहेको छ । बाहिर खुल्ला रूपमा कार्यक्रमको आयोजना गर्न मञ्चसहितको खुल्ला ठाउँ रहेको छ । खुल्ला ठाउँमा वरिपरि मनलोभ्याउने विभिन्न कलात्मक चित्रकलाहरू रहेका छन् ।