पृष्ठभूमि
नेपालमा राणा कालदेखि हालसम्म प्रजातन्त्रको पुनःस्थापना कालसम्म हजारौं शहीद भए । कति चर्चामा छन्, कति अज्ञात छन् । सबैलाई शहीद दिवसका अवसरमा हार्दिक श्रद्धाभाव व्यक्त गर्दछु ।

सर्वप्रथम जङ्गबहादुर राणाको सत्ता पल्टाउने अभियोगमा पक्राउ परेर वि.सं.१९३३ मा गोर्खा मनकामना मन्दिर अगाडि को रुखमा झुण्ड्याएर फाँसी दिइएका लखन थापालगायत सातजनालाई प्राणदण्ड दिइयो । वि.सं.१९७६ मा तानाशाही शासक चन्द्र समशेरलाई आप्mनो देशको वस्तुस्थिति सम्झाउन भरियाको फाटेको टोपी र भोटो पार्सल गरी पठाएको अभियोगमा सर्वस्वहरण र देश निकाला भएका श्री कृष्णप्रसाद कोइरालाको वि.सं.२००१ साल माघमा राणाको जेलको यातना सहन नसकेर जेलभित्रै निधन भयो । वि.सं.१९७७ साल श्रावणमा मकैको खेती नामक पुस्तक लेखेर प्रकाशित गरेको अभियोगमा नासु कृष्णलाल अधिकारी पक्राउ परेर नौ वर्षको जेल सजाय र सर्वस्वहरण भई जेलभित्रै मृत्यु भयो ।

यसरी नै प्रजातन्त्रका लागि प्रजा परिषद्ले गरेको आन्दोलनमा १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथचन्द र गङ्गालाल श्रेष्ठले वीरगति प्राप्त गरी राष्ट्रिय शहीद भए । त्यसपछि २००७ साल, २०१७ साल, २०२९ साल, २०३१ साल, २०४६ साल र २०६२।०६३ सम्ममा थुप्रैले वीरगति प्राप्त गरी थुप्रै राष्ट्रिय शहीद घोषित भए । ढिलै भए पनि वर्तमान लोकतान्त्रिक सरकारले राष्ट्रिय शहीद घोषणा गरी शहीदप्रति सम्मान गरेको १ नं. प्रदेश पूर्वाञ्चलको धनकुटा निवासी नेवार जातिका राष्ट्रिय शहीद द्वयको नाम हो, भीमनारायण श्रेष्ठ र रामकृष्ण श्रेष्ठ ।

विषय प्रवेश
राष्ट्रिय शहीद भीमनारायण श्रेष्ठ निरङ्कुश पञ्चायती व्यवस्थालाई समाप्त पारी प्रजातन्त्रको पुनःस्थापना गर्ने नेपाली काङ्ग्रेसका राजनीतिक उद्देश्यका पक्षपाती, हाई स्कूलसम्मको विद्यार्थी जीवन बिताएका भीमनारायण श्रेष्ठ धनकुटाका सम्भ्रान्त नेवारहरूमध्ये नारायण खलकका पिता श्री सूर्यनारायण श्रेष्ठ तथा माता श्री लक्ष्मीकुमारी श्रेष्ठको कोखबाट जेष्ठ पुत्र रत्नका रूपमा वि.सं.१९९३ आषाढ ३० गते गुरु पूर्णिमाको दिन धनकुटाको सिरान बजारमा जन्मिएका थिए ।

सामान्य मध्यम वर्गीय परिवारमा हुर्केका, सरल दिलका हाइस्कूल स्तरसम्मको विद्यार्थी जीवन बिताएका २०१३ सालमा धनकुटा कला मन्दिरका कार्यकारी सदस्य, भीमनारायण २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउन दिलो ज्यान दिएर लागी परी २०१६ सालमा विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको एकमना सरकार हुँदा नेपाली काङ्ग्रेसको साधारण सदस्य बनेका थिए ।

१०४ वर्षे निरङ्कुश राणाशासनको २००७ साल फाल्गुन ७ गते अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि सर्वसाधारण नेपाली जनताले पाएको एकमुठी राजनीतिक अधिकारलाई पुनः २०१७ साल पौष १ गते तरुणदलको अधिवेशन भइरहँदा तत्कालीन राजा महेन्द्रद्वारा अप्रत्यासित रूपमा सेनाको प्रयोगद्वारा प्रधानमन्त्री बीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह लगायत थुप्रै नेताहरू पक्राउ परी सुन्दरीजल जेल चलान भए । सेनाको आडमा राजा महेन्द्रले जननिर्वाचित सरकार खारेज गरी, संसद भङ्ग गरी प्रजातन्त्रको हत्या गरे । पार्टीहरूमाथि पूर्ण प्रतिबन्ध लगाई देशको माटो सुहाउँदो भन्दै निरङ्कुश पञ्चायती व्यवस्थाको शुरुवात गरे ।

देशमा प्रजातन्त्र स्थापित होस्, शोषण र अन्यायको अन्त्यहोस्, समतामूलक समाजवाद लागू होस्, जमीनमाथिको दोहोरो स्वामित्व समाजवादले मात्र समाप्त पार्नेछ भन्ने कुरामा दृढ विश्वास राख्नुहुने नेपालको प्रजातान्त्रिक आन्दोलनलाई मूर्त रूप दिन नेताहरूको सबल नेतृत्वलाई सदा पछ्याइरहने मध्येका राजनीतिक व्यक्तिको नाम थियो भीमनारायण श्रेष्ठ ।

समयले कसैलाई पर्खंदैन, यस कुरालाई ख्याल राख्दै यस्तै यस्तै प्रक्रिया भएको बेला २०२९ साल फागुनमा भाइको विवाहका लागि सामान खरिद गर्न भारतको फारविसगञ्ज गए । सामान खरिद गरेपछि क्याप्टेन यज्ञबहादुर थापासँग भेट गर्न गए । क्याप्टेन यज्ञबहादुर थापा नेपाली काङ्ग्रेसको कार्यकता भएकाले फारविसगञ्जमा पूर्वी मोर्चाको क्याम्प खोली बसेकाले धनकुटा बासीहरू व्यापार वा अन्य कामले फारवीसगञ्ज आउँदा पार्टी सम्बन्धी यज्ञबहादुर थापासँग भलाकुसारी गर्ने गर्दथे । आपूmलाई धनकुटे उपनाममा चिनाउन मन पराउने भीमनारायणलाई क्याप्टेन यज्ञबहादुर थापाले कागजले मोडेको एउटा गरुँगो पोका दिँदै यो पोका सुरक्षित रूपमा लगेर विराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिनु भने । भीमनारायणले मनमा कुनै अपठ्यारो सङ्कोच नमानी कुनै बहुमूल्य वस्तु होला भन्ने ठानेर सुरक्षितसँग विराटनगरमा रामकृष्णलाई बुझाए ।

२०३० साल फाल्गुन ३० गते तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य पूर्वाञ्चलको विराटनगर सवारी हँुदा सवारीको रमाइलो हेर्न रामकृष्ण र भीमनारायण पनि गए । सोही कार्यक्रममा रामकृष्णको बम विष्फोटनमा परी तत्काल मृत्यु भयो । भीमनारायण चाहिँ घाइते भई विराटनगरको अस्पतालमा उपचार गराईरहँदा केही दिनपछि अस्पतालबाटै गिरप्mतार गरी अमानवीय यातना दिई अरू कुनै अभियुक्त नपाएकाले भीमनारायणलाई नै अभियुक्त ठह¥याई बम काण्डको दोषी ठहर गर्दै २०३३ फाल्गुनमा सर्वोच्च अदालतले मृत्युदण्डको पैmसला सुनायो ।

त्यसपछि भीमनारायणलाई कसैसँग बोल्न नपाइने अत्यन्त चिसो एकान्त अँध्यारो कालकोठरी काठमाडौंको गोलघरबाट दुईवर्ष पछि २०३५ साल माघ २४ गते विहान ४ बजे पोखरामा राजासँग भेट गर्ने बहानामा आप्mनो गल्ती स्वीकार गरी माफी मगाउने जस्तो ढङ्गबाट सैनिक पहराका साथ गाडीमा राखेर उपत्यका बाहिर लगियो । चितवनको मुग्लीन नआउन्जेलसम्म राजासँग भेट गराउनै लगिएको हो कि भन्ने आशा भीमनारायणलाई थियो । तर, जब मुग्लीन काटेर दक्षिण भरतपुर–हेटौंडातर्फ गाडी मोडियो, भीमनारायणलाई त्यसपछि भने अनिष्ट हुने कुरा थाहा भयो । प्रजातन्त्रका लागि आत्म बलिदान गर्न नडराउने भीमनारायणलाई सप्तरी स्थित कोशी व्यारेजको उत्तरतर्फको जङ्गलमा लगी माघ २६ गतेको रात एउटा रुखमा खुट्टादेखि टाउकोसम्म बाँधी सैनिकद्वारा निर्मम हत्या गरियो ।

जनताका लागि ज्यान आहुति दिने व्यक्तिलाई प्रजातन्त्र संस्थागत गर्न नेपाली काङ्ग्रेसको तेह्रौं महाधिवेशनको समुद्घाटन हुनुभन्दा एकदिन अघि २०७२ फाल्गुन १९ गते बुधबार मन्त्री परिषद्को बैठकले निरङ्कुश पञ्चायती शासन विरुद्ध सङ्घर्षमा रहँदा जीवनहरण भएका भीमनारायण श्रेष्ठको योगदानलाई कदर गर्दै राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिएको छ । नेपाली आकाशको कालो बादल धपाएर नयाँ विहानीको स्वागत गर्ने तिनै साहसी भीमनारायण श्रेष्ठ थिए । उनको स्मृतिमा २०५४ साल फाल्गुनमा धनकुटा सिरान बजारको चौबाटोमा जिल्ला विकास समिति धनकुटाबाट भीमनारायण श्रेष्ठको प्रतिमा स्थापना गरी भीमनारायण चोक नामाकरण गरिएको छ । सो ठाउँमा हरेक वर्ष उहाँको जन्मोत्सव, आषाढ महिनामा श्रद्धाञ्जली कार्यक्रम र भीमनारायण गोल्डकप लगायतका विविध कार्यक्रमहरू हुने गर्दछन् ।

राष्ट्रिय शहीद रामकृष्ण श्रेष्ठ
प्रजातन्त्र विना राष्ट्रियता रहँदैन र समाजवाद विना समानता सम्भव हुँदैन भनी प्रजातन्त्रका निम्ति आपूmलाई समर्पित गरेका होनहार अर्का युवकको नाम हो रामकृष्ण श्रेष्ठ । १५–१६ वर्षकै कलिलो उमेरदेखि नेपाली काङ्ग्रेसको तत्कालीन भातृसंस्था नेपाल छात्रसङ्घ प्रति समर्पित थिए । रामकृष्ण श्रेष्ठको जन्म वि.सं.१९९५ साल वैशाखमा पिता बटुककृष्ण श्रेष्ठ र माता अगमकुमारी श्रेष्ठको कोखबाट जेठा छोराको रूपमा धनकुटाको हुलाक टोलमा भएको थियो । अत्यन्त मेहनती र स्वाभिमानी स्वभावका बनारसको हरिश्चन्द्र इन्टर कलेज र विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट मनोविज्ञान विषयमा स्नातकसम्मको शिक्षा आर्जन गरेका युुवा रामकृष्णले विभिन्न समयमा अस्थायी नोकरी र २०१५ सालमा नेपाली काङ्ग्रेसको सदस्य भई २०१७ सालमा नेपाल छात्रसङ्घ धनकुटाको सचिव भएर काम गरे । सङ्गठन निर्माणका क्रममा चैनपुर, तेह्रथुम, आठराई सङ्क्रान्ति आदि स्थानमा गई केदारलाल सिंह, भीमनारायण श्रेष्ठ, प्रेमकुमार वान्तवा, महावीर श्रेष्ठलगायतका युवाहरूलाई भेला गराई सङ्गठन निर्माणमा, प्रजातन्त्र र परिवर्तनकारी काममा जुटे ।

२०१५ सालमा सम्पन्न भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेस दुई तिहाई बहुमतले विजयी भएपश्चात् २०१६ सालमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ पौष १ गते कु गर्दै २०१७ पौष २२ गते पार्टीहरूमाथि पूर्ण प्रतिबन्ध लगाई सत्तासिन हुन पुगेको नेपाली काङ्ग्रेसको सरकारलाई अपदस्थ गरी देशको माटो सुहाउँदो व्यवस्था भन्दै निरङ्कुश पञ्चायती व्यवस्थाको शुरुवात गरे । सोको विरुद्धमा नेपाली काङ्ग्रेसको पूर्वी मोर्चाको क्याम्प खोलेर बसेका क्यापटेन यज्ञबहादुर थापासित भारतको फारवीसगञ्जमा सम्पर्क गर्न थाले ।

यता प्रशासनले रामकृष्णको परिवारलाई खानतलासी गर्ने तथा डर, धाक देखाएर काङ्ग्रेसको गतिविधि नगर्न चेतावनी दिन थाल्यो । तर, पनि रामकृष्ण श्रेष्ठ पञ्चायती शासकको कुनै पनि चेतावनीलाई बेवास्ता गर्दै सङ्गठनमा झन् सक्रिय हुन थाले । रामकृष्णको बुबा बटुककृष्ण श्रेष्ठ धनकुटामा अदालतमा डिठ्ठाको जागिरे हुनुहुन्थ्यो । २०२२ सालतिर झापा सरुवा भई सपरिवार झापाको भद्रपुरमा स्थायी बसोबास गर्न थालेका रामकृष्णलाई पञ्चायती शासन व्यवस्थाले २०२८ सालमा गिरप्mतार गरी भद्रपुर जेलमा राख्यो ।

केही समयको जेल बसाइपछि उहाँ मुक्त हुनुभयो । तर, प्रशासनले उनको परिवारलाई अनेक दुःख दियो तर पनि रामकृष्णको राजनीतिक सक्रियता घटेन । श्रेष्ठ फारविसगञ्जमा रहेको काङ्ग्रेसको क्याम्पमा क्याप्टेन यज्ञबहादुर थापासँग भेट्न गइरहन्थे । एक दिन रामकृष्ण श्रेष्ठका सहकर्मी धनकुटाकै भीमनारायण श्रेष्ठ फारविसगञ्ज पुगेका बेला क्यापटेन यज्ञबहादुर थापाले झोलामा थ्रिनट बम सहित एक चिठी लेखेर भीमनारायाणमार्फत रामकृष्ण श्रेष्ठलाई पठाए । त्यो बम राखेको झोला रामकृष्णको हात प¥यो । जब कि त्यो झोलामा के थियो भन्ने कुरामा भीमनारायण श्रेष्ठ अनभिज्ञ नै थिए ।

यही क्रममा २०३० फाल्गुन ३० गते राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणको सिलसिलामा विराटनगर आउँदा, राजा वीरेन्द्रलाई पञ्चायती ¥यालीले जयजयकार गरिरहँदा सोही ¥यालीमा रामृकष्ण र भीमनारायण पनि सहभागी भए । तर, दुर्भाग्यवश बम राजाको निकट पुग्नु अगावै विस्फोट भई रामकृष्ण श्रेष्ठ रक्ताम्य भएर भुईंमा लडे । उनलाई हतार हतार अस्पताल पु¥याउँदा केही समयपछि उनको निधन भयो ।

निरङ्कुश पञ्चायती शासन विरुद्ध जनताका लागि ज्यान आहुति दिने रामकृष्ण श्रेष्ठको योगदानलाई कदर गर्दै २०७४ साल माघ ३ गते तत्कालीन नेपाल सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दियो । २०७६ श्रावण ६ गते आधिकारिक रूपमा स्व.रामकृष्ण श्रेष्ठको सम्मानमा शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान दर्ता भई धनकुटामा १ नं.प्रदेश स्तरीय विभिन्न ८ जिल्लाबाट सहभागी गराई महिला फुटबल गोल्डकप प्रतियोगिता सम्पन्न भएको थियो ।
कर्माचार्य ऐतिहासिक सामग्रीका खोजमूलक तथ्य सङ्कलन गर्ने लेखक हुन् ।