लक्ष्मीमार्ग । मोरङको सुन्दरहरैचा नगरपालिकाको सामाजीक परिक्षण मस्यौदा प्रस्तुतिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सधैभरी जनताको हितमा सुन्दरहरैचा नगरपालीका रहेको मेयर शिव ढकालले बताए ।
नगरपालिकाको आयोजनामा सुन्दरहरैचा वडा नम्बर ४ स्थीत रहेको सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा आयोजीत उक्त कार्यक्रममा जनताको चासो र गुनासोलाई नगरप्रमुख शिव प्रसाद ढकालले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा बिषेसगरी गछिया तथा बुढी खोलाको दोहन तथा तटबन्ध निर्माण, सुकुम्बासी समस्या, सडक निर्माण, लगायतका विषयमा सहभागिले प्रश्न राखेका थिए ।
सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा नगरप्रमुख ढकालले गछिया खोला केहि गहिरो भएको र त्यस तर्फ नगरले ध्यान दिने बताए । नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल लगायत बिभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख एवम प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत सयौं नगरवासीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
जनताको गुनासो सुन्दै मेयर ढकाल गाँउमा आएपछि स्थानीयहरु उत्साहित रहेको स्थानीय नेत्र न्यौपाने बताउछन् । २०६८ को जनगणना अनुसार ८० हजार पाँच सय जनसंख्या रहेको यस नगरमा हाल १ लाख भन्दा बढि जनसंख्या रहेको छ ।






























