लक्ष्मीमार्ग / गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोगार्थ रकम संकलन अभियान अन्तर्गत सुन्दर हरैचास्थित बिराटचोकमा एक रुपैया कप चिया बिक्रि सुरु भएको छ ।

यम बुद्ध क्रिकेट क्लव सुन्दरहरैचाको आयोजनामा आईतवार देखी विराटचोक स्थीत सुरु भएको उक्त अभियानको दोस्रो दिन सोमबार सम्म मै ४८ हजार संकलन भईसकेको आयोजक समितिका उपाध्यक्ष अनुरोध ढकालले बताए । ७ दिन सम्म बिराटचोक स्थीत चल्ने उक्त अभियानको तेस्रो दिन सुकुना बहुमुखी क्याम्पस अगाडि पनि उक्त चिया बिक्रि अभियान संचालन गरिएको ढकालले बताए । ब्यक्ति ब्यक्तिलाइ पैसा उठाँउदै हिड्नु भन्दा यो तरिकाको अभियान उपयुक्त लागेर एक रुपैया कप चिया बिक्रि गरेको उनले बताए ।

निकै लोकप्रिय बन्दै गरेको यस अभियानमा स्थानीय राजनैतिक दलका नेतादेखि स्थानिय समाजसेवी, व्यवसायी सबैको साथ र सहयोग रहेको यम बुद्ध क्रिकेट क्लवका अध्यक्ष सेमन्त खतिवडाले बताए ।