काेराेना भाइरसको सङ्क्रमणमा मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो

alt तस्बिर गुगल
  • माघ १४, २०७६
  • ३९४ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी/ चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्।

चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन्। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

भारतबाट आएका हजार जन ...

दैलेख / कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै ...

ट्याक्टर पल्टिदा सहच ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ मा टय ...

नेकपा धरानको फुड बैं ...

धरान / नेकपा धरान उपमहामनगर कमिटिले २ हजार ५ सय केजी चा ...

धरानमा चामल, दाल र त ...

धरान / धरानमा चामल, तेल दाललगायतका खाद्यान्न अभाव शुरु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved