मकवानपुर  / तस्करीको अनेक काइदा निकाल्न थालेको पाइएको छ । मकवानपुरमा सरकारी एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ ।

रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजासहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले पक्राउ गरे पछि यस्तो खुलेको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनी रहेका छन् ।

शनिबार साँझ मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरी इन्स्पेक्टर ललनप्रसाद कुर्मीले जानकारी दिए । उनीहरुको साथबाट नगद ९१ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।