श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १० गते शुक्रबार, २४ जनवरी २०२० । माघ कृष्णपक्षको औंसी तिथि २३ः०८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तराषाढा २३ः४८ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । आर्थिक सङ्कट पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रहेका कामकाजहरू सुचारु हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । फलदायी यात्रा हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) इष्ट–मित्र एवम् साथीभाइसित रमाइलो भेटघाट हुनेछ । चिताएको काममा सफलता मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । पारिवारिक सुख मिल्नुका साथै लाभदायी यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापन सफल रहनेछ । ठूला व्यक्तिको सहयोग प्राप्त भइरहला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय सामान्यखालको छ । सहयोगीले पनि असहयोग गर्नेछन् । अशुभ समाचारले मन खिन्न बन्नेछ ।