Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • झापामा मानव मलमूत्र प्रशोधन गरी प्राङ्गारिक मलमा रुपान्तरण गरिदैँ

झापामा मानव मलमूत्र प्रशोधन गरी प्राङ्गारिक मलमा रुपान्तरण गरिदैँ खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले प्रशोधन केन्द्रको उद्घाटन

alt तस्बिर : गुगल
  • माघ ८, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गरेकी छिन् ।

नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहर प्रशोधन केन्द्र खानेपानी मन्त्रालयअन्तर्गत साना शहरी खानेपानी आयोजनाले नमूना परियोजनाको रूपमा सञ्चालन गरेको हो ।

मेचीनगर–७ काँकडभिट्टामा रहेको केन्द्रले दैनिक १२ घनमिटर र दुहागढीको केन्द्रले दैनिक २७ घनमिटर दिसाजन्य लेदो पदार्थलाई प्रशोधन गरी कृषि बालीमा प्रयोग गर्न मिल्ने प्राङ्गारिक मलमा रुपान्तरण गर्दछ ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४ औँ वार्षिक साधारणसभा एवं प्रशोधन केन्द्र उद्घाटन समारोहमा मन्त्री मगरले नमूना परियोजनाको रुपमा मेचीनगरमा सञ्चालित यी दुई आयोजनाबाट सिकेर मुलुकका अन्य क्षेत्रमा परियोजना विस्तार गरिने बताइन् । मन्त्री मगरले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसँग सम्बन्धित आयोजनालाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताइन् ।

“विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिकलगायतका समस्या समाधान गर्न खानेपानीका केही ठूला आयोजनाको काम अघि बढाउँदैछौँ”, उनले भनिन्, “तराईमा खानेपानीको समस्या समाधान गर्न केही जिल्ला नै समेट्ने गरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउँदैछौँ ।” आयोजनाका लागि दातृ संस्था बिल एन्ड मेलिना गेट्स फाउन्डेशनले नेपाल सरकारमार्फत १४ करोड, ६८ लाख ५८ हजार लगानी गरेको छ ।

मेचीनगर–७ काँकडभिट्टामा रहेको प्रशोधन केन्द्रमा मेचीनगर नगरपालिकाको वडा नं १ देखि १३ सम्मको ६५ हजार १९ जनसङ्ख्याबाट निस्कने सबै दिसाजन्य फोहरलाई प्रशोधन गरिने र मेचीनगर–१४ दुहागढीमा रहेको अर्को केन्द्रमा मेचीनगरका १४ र १५ वडा, विर्तामोड नगरपालिकाका सबै वडा र बुद्धशान्ति गाउँपालिकाका सबै वडाको एक लाख ४२ हजार ८४८ जनसङ्ख्याबाट निस्कने दिसाजन्य लेदोको प्रशोधन गरिने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराईले बताए ।

मानव मलमूत्रीय फोहर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाई कम्पोस्ट मलका रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडसमेत भएको प्रशोधन केन्द्र निर्माण गरिएको साना शहरी खानेपानी आयोजनाका प्रमुख भट्टराईले जानकारी दिए । यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी सङ्घीय सरकारको र १५ प्रतिशत नगरपालिकाको रहेकोे छ ।

सम्बन्धित समाचार
बम पड्काउने लाइभ अन्तरवार्ता दिएका थिए निलम्बित उपाध्यक्षले

धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष राज ...

पितृश्राद्ध स्थलको पार्किङ व्यवस्थापनमा छैन चासो

धरान । पितृतर्पण तथा श्राद्धका लागि प्राचीन महत्व बोकेको धरान–२० स्थित विष् ...

एकतर्फी प्रेमले बुनिएको अपराध

विराटनगर । हातमा मेहन्दीको रङ उत्रिएकै थिएन । विवाहको १० दिनमै नयाँ जीवनको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बम पड्काउने लाइभ अन्तरवार्ता दिएका थिए निलम्बित उपाध्यक्षले
पितृश्राद्ध स्थलको पार्किङ व्यवस्थापनमा छैन चासो
एकतर्फी प्रेमले बुनिएको अपराध
सङ्घीयताको मर्म बुझौं
आजको राशिफलः २०८२ साल पुस ४ गते शुक्रबार
एक्सपेल फिर्ता लिन हात्तीसारका स्ववियु सचिवको प्रशासनलाई बारम्बार दबाव
सुनचाँदीको मूल्य बढेकोबढ्यै
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ
धरानमा शिक्षक महासङ्घ गठन
आय र खर्चमा देखिएको खाडल अन्त्य गर
आजको राशिफलः २०८२ साल पुस २ गते बुधबार
माङ्मालुङ चिया बगानका पीडित शेयरधनी पुगे अदालत
बीपीमा ह्वीलचियर पुल सञ्चालनमा
‘एलर्जीन’ का उत्पादन बेच्न खुला
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved