ह्यूस्टन/ अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए ।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताए ।