लक्ष्मीमार्ग / मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनि स्वास्थ्य चौकिको नव निर्मित भवन तथा ल्याव सेवाको उद्घाटन गर्दै मेयर सुबेदीले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन् ।

ट्रमासेन्टर चोट पटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँको रुपमा लिईन्छ । दुर्घटना वा प्रकोप स्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पु‍र्याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैन मेयर सुबेदीले भने गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमासेन्टर पु‍र्याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने रहेछन् । ट्रमासेन्टर संगै १५ सैया वेडको अस्पताल समेत संचालन गरिने उनले बताए ।

मेयर सुबेदीले यस अघिनै जनयुद्ध प्रतिष्ठान नेपाललाई ८ बिघा जग्गा दिई सकेका छन् । जनयुद्ध स्मृति प्रतिष्ठानले समेत डिपिआर बनाई सकेको छ । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने प्रतिष्ठानका अध्यक्ष शावित्रि कुमार काफ्लेले बताए ।

संग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने काफ्लेले बताए । संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कग्रेंसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने डिपिआरमा उल्लेख गरिएको छ ।