काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई जिल्ला अदालत भत्तपुरले आदेशजारी गरेको छ । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मागेको भन्दैं प्रसाईले सार्वजनिक गरे पछि गिरीले मानहानीको मुद्दा हालेका थिए ।

प्रसाई विरुद्ध गुण्डागर्दी गरे भनेर गिरीले जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । सोही अनुसार जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न उनको घर भक्तपुर प्रहरी पुगे पनि घरमा फेला पार्न नसकेको प्रहरीले जनाएको छ । झापास्थित घरमाप पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बुधmबार साँझदेखि उनको मोवाईल स्वीच अफ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौस्थित द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंले दावी गदैं आएका छन् ।प्रस्तावित बि एण्ड सी मेडिकल कलेजलाइ सम्बन्धन दिनका लागि घुस मागेको भनी आफूलाई बदनाम गर्ने नियतले उक्त आरोप लगाइएको गिरीले बताउँदै आएका छन् । उनी नेकपाका दुइृ अध्यक्ष केपी ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए । उनले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन उनले नेताहरुलाई प्रभावमा राख्दैंआएका छन् ।