धरान / धरान शहर भन्नेवितिकै अन्य स्थानका मान्छेहरुलाई आहा ! पर्यटकीय शहर भनेर भन्ने गर्छन् । घुम्न नआएकाहरु नाम सुन्ने वितिकै घुम्ने प्लान बनाउछन् । पर्यटकीय शहरको रुपमा चिनिएको धरानको प्रवेशद्वार तीनकुनेमा प्रहरीले चेकपोइन्ट थापेको छ । चेकपोइन्टमा प्रह्रीले इटाको सानो पर्खाल उठाएर सुन्दर धरान सोच्नेहरुलाई निराश बनाएको थियो ।
धरान सुन्दर नै छ भन्ने संकेत दिन चेकपोइन्टमा धरानका पर्यटन अभियान्ता कृष्ण शाहले आफ्नै पहलमा गमलामा फुल राखि दिएका छन् । माघे संक्रान्तिको अवसर पारेर उनले गमलामा फुल रोपेका छन् । उनले दुईवटा स्टेन बनाएर १२ वटा गफलामा पहेलो धुपी रोपेका छन् । करिव २४ हजार खर्च गरेर फुल रोपेका हुन । नेपाल भ्रमण बर्ष २०२० को लोगो राखेर धरानमा तपाईलाई स्वागत छ लेखिएको स्टेण्ड बनाएर राखिएको छ ।
फूल राखिए पछि धरानको प्रवेशद्वारबाटै धरान सुन्दर शहर भएको संकेत मिल्ने उनले बताए । स्व.मेयर तारा सुब्बाले धरानलाई फुलबारीको शहर बनाउने सपना अनुसार गमलामा फुल रोपेको उनले बताए ।

breaker breaker2