धरान  / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधीक समस्या आएर विग्रिएको अक्सिजन प्लाण्ट मंगलबारदेखि सुचारु भएको छ । आइतबार राति देखि विग्रदा प्रतिष्ठानमा बिरामी उपचार सेवासहित शल्यक्रिया प्रभावित भएको थियो ।
प्रतिष्ठानले प्रतिष्ठानसहित पूर्वका सबै अस्पताललाई समेत एकसाथ शुद्ध अक्सिजन आपूर्ति गर्न सक्ने क्षमताको अक्सिजन प्लाण्ट गत माघ २४ गते जडान गरेको थियो । भारतीय आपूर्तिकर्ता कम्पनी युनिषी इण्डिया (युएनएसएसआई इण्डिया) र नेपाली आपूर्तिकर्ता काठमाडौंको डाइग्नोकेनको ज्वाइण्ट भेञ्चरले उपलब्ध गराएको उक्त प्लाण्ट जडान गरेको दोस्रो दिनमै बिग्रेको थियो । विगिूए पछि इलोक्ट्रनिक इन्जिीनियर राहुल मिश्राको पहलमा कम्पनिबाटै इन्जिीनियर मगाएर मर्मत गरिएको हो । कम्पनिका दिपक आफै आएर मेसिन मर्मत गरेर हिजैदेखि अकिसजन उत्पादन शुचारु भएको इन्जिनीयर मिश्राले जानकारी दिए ।
तत्कालीन उपकुलपति प्राडा बलभद्रप्रसाद दासको पालामा ३ करोड २४ लाख रुपैयाँमा खरिद गरेको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठलाख रुपैयाँ घूस लिएको रङ्गेहात पक्राउ परेपछि निलम्बनमा परेका उपकुलपति डा।राजकुमार रौनियारको पालामा जडान गरिएको थियो । आपूर्तिकर्ता कम्पनीले दिएको प्लाण्टको स्पेशिफिकेसन अनुसार १६ सय लिटर प्रतिमिनेट अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने जनाइए पनि युनिषी र डाइग्नोकेनले उपलब्ध गराएको प्लाण्ट बिग्रनुअघि ८ सय लिटर प्रतिमिनेट मात्र रहेको थियो । यसअघि अक्सिजन जेनेरेटर र बुस्टर बिग्रेको थियो भने यसपटक अक्सिजन प्लाण्टको कम्पे्रसर मेसिन बिग्रेको थियो । प्रतिष्ठानका इलेक्ट्रोमेड विभागका प्रमुख इञ्जिनियर राहुल मिश्रले अक्सिजन प्लाण्टमा प्राविधिक समस्या आएकोले तत्काल कम्पनिलाई खवर गरेर मेसिन बनाइएको जानकारी दिए ।
अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु भएको मिश्राले बताए ।

अक्सिजन आपूर्ति नै रोकिएपछि पूरै बेहोस बनाएर गर्नुपर्ने शल्यक्रिया प्रभावित भएको थियो । प्रतिष्ठानमा दैनिक ६० देखि ७० वटा अप्रेशन हुने गरेको छ । अप्रेशन रोकिँदा पेइङका बिरामी र चिकित्सकलाई भने बढी मार परेको थियो । पेइङमा दोब्बर रकम तिरेर आजको भोलि शल्यक्रिया हुने गरेको छ । तर अप्रेशन थिएटरमा आपूर्ति हुने अक्जिसनको मुख्य पाइपलाइनमै अक्जिन प्लाण्टबाट अक्सिजन आपूर्ति नभएपछि जटिल शल्यक्रियाहरूको समय सारिएको थियो ।