यासोक (पाँचथर) । यासोक– कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा माघ एक देखि सुरु हुने तेस्रो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक कुम्मायक स्पोर्टिङ क्लवले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा माघ एक गते कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिका प्रतिस्प्रर्धामा उत्रिनेछन् ।

खेल स्थानीय पृथ्वी माविको खेलमैदानमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा माघ दुई गते दिउँसो १ बजे फिदिम नगरपालिका र याङ्वरक गाउँपालिकाले खेल्दा सोहि दिन दिउँसो ३ बजे फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको चौंथो खेल माघ तीन गते दिउँसो १ बजेदेखि फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाबीच हुनेछ । सोहि दिन दिउँसो ३ बजेदेखि प्रतियोगिताको पहिलो सेमीफाइन खेल समेत हुने आयोजकले जनाएको छ । माघ पाँच गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले एक लाख ११ हजार १ सय ११ रुपैंयाँ सहित २ केजीको चाँदीको ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रबद्र्धकको रुपमा कुम्मायक गाउँपालिका रहेको छ ।

गाउँपालिकाले खेल संचालनको लागि ५ लाख रुपैयाँ बिनियोजन गरेको छ । जिल्लामा खेलकुदमा नयाँ सुरुवात क्लवले गरेका कारण कार्यालयले बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । माघ १ देखि ५ गतेसम्म संचालन हुने प्रतियोगितामा कुम्मायक गाउँपालिका र पाँचथरका पर्यटकीय स्थलको तश्बिरहरु प्रर्दशनमा राखिने क्लबका अध्यक्ष रोहन घिमिरेले बताए ।