बराहक्षेत्र / नेवाः देय दवूको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ र २ को पुर्न गठन गरिएको छ ।

आईतबार राम बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रेनुका श्रेष्ठ,सचिवमा ईश्वर श्रेष्ठ,सह सचिव गर्जमान श्रेष्ठ,कोषाध्यक्ष कल्पना श्रेष्ठ तथा सदस्यहरुमा महेश बज्राचार्य,लक्ष्मी मालाकार र टंक श्रेष्ठ,मिलन, गोविन्द,डिक बहादुर,सुशिला र बुद्ध कुमार श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेवाः दय दबूको सुनसरी जिल्ला अध्यक्ष तिर्थ मास्केले, जेष्ठ नागरिक,कवि तथा साहित्यकार कविमान वज्राचायले नव गठित समितिको सदस्यहरुलाई पद र गोपनियताको शपथ गराएका थिए ।

नव निर्वाचित अध्यक्ष राम वहादुर श्रेष्ठले,पूर्व अध्यक्ष लक्ष्मीभगत श्रेष्ठको कार्यकालमा भएको सम्पूर्ण काम कार्यवाही तथा आर्थिक पक्षको समिक्षा तथा हिसाब क्लीयर गरिने बताए ।
जिल्ला सदस्य कुमार श्रेष्ठको अध्यक्षतामा चतराको बुद्ध विहारमा भएको कार्यक्रमको सञ्चालन डिक वहादुर श्रेष्ठले गरेका थिए ।