वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को वडाकार्यालय निर्माणका लागि जग्गाको बिषयमा जनताको हित र वडाको निर्णय बिपरित मेयर लागेको भन्दै वडाध्यक्ष रुद्र दहालले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
 
साथै अध्यक्ष दहालले उक्त कार्य प्रती असन्तुष्टि जनाउदै नगरको प्रबक्ताबाट राजीनामा समेत दिइसकेका छन् । राजिनामा पत्रमा भनिएको छ "स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकारलाई  कुन्ठित पार्दै तपाईंले केही जग्गा ब्यबसायीको ब्यक्तिगत फाइदाका लागि गरेको यो कार्यले हामी मर्माहत एवं स्तब्ध भएका छौ । यदि यस कुरालाइ गम्भीरता पुर्वक नलिए वडा अध्यक्ष पदबाट समेत राजीनामा दिनेछु ।" 
 
उता मेयर खनालले भने वडा अध्यक्षले यतिका समय सम्म जग्गाको बिषयमा टुंगो लगाउन सक्नु भएन । बिबाद मात्रै चलिरहयो त्यसो हुदाँ आफुले पार्टी संग सरसल्लाह गरि (नेकपा) नगर कमिटी पार्टी अध्यक्ष कमल बहादुर कट्वाल र आफू बसेरनै अर्को बिकल्प  खोजिएको हो ।
 
वडा कार्यालय निर्माणकालागि ३ जना दाताहरुबाट ६ कठ्ठा जग्गा आएको छ हामीले सम्झौता गरिसक्यौ । यसमा मेरो वा कसैको ब्यक्तिगत फाइदा छैन । वडा अध्यक्षले आफ्नो कार्यकाल विवादले मात्रै बिताइदिने ? काम गर्नु पर्दैन ? सबै तिर वडा कार्यालय बनिसके बजेट बिनियोजन भएको छ हामीले वडाको हित बिपरित काम गरेका होइनौं मेयर खनालले बताए । 
 
त्यस्तै, वडा सदस्य दान बहादुर थापाले भने वडा कार्यालय निर्माणकालागि भानु चौकमा  , इक्राहीमा कुरा आएको हो तर सहमति जुट्न सकेन । सबै संग बसियो छलफल गरियो तर बिबाद नमिल्दा वडाले आफ्नो अधिकार प्रयोग गर्दै नडाहमा कार्यालय बनाउने निर्णय गरेको छ , त्यो कुरा लागू हुनु पर्छ । नगरकमिटी अध्यक्ष कटुवालले भने वडा अध्यक्षले  बेलामा निकास दिन नसक्ने अनि पार्टी र नगरले गरेको निर्णय प्रती आपत्ति जनाउँदै पदबाट राजीनामा दिने घुर्की लाउनु राम्रो होइन । 
 
त्यस्तै, वडा सदस्य शान्ति नेपालीले वडा अध्यक्षले आफुहरुको कुरा नसुन्ने गरेको आरोप लगाएकि छन् । हाम्रो नडाहमा कार्यालय बनाउने बिषयमा सहमती छैन । अध्यक्ष ज्युले भन्नू भयो भानु चौकमै बनाउने सहमति गरौ र जग्गा पनि पास गरायौ तर किन फेरि अर्को कुरा आयो यसमा हाम्रो आपत्ति छ , वडा सदस्य नेपालीले बताइन् । ३ नम्बर पार्टी वडा कमिटी अध्यक्ष मोहन सुबेदिले भने पार्टीको निर्णय र सल्लाह बमोजिम वडाले चल्नु पर्छ । 
 
त्यस्तै ,पार्टी नगर सचीव गजेन्द्र थापाले भने ब्यक्तिबादी सोचले गर्दा वडा कार्यालय निर्माणका लागि स्थानको छनौटमा विवाद आएको हो । सबैले आफ्नो स्वार्थ त्यागौ । सेन्टर खोजेर सहमति गरौ ।