भद्रपुर । गएराती आएका पाँचओटा जङ्गली हात्तीले स्थानीयको अन्नबाली तथा घरगोठमा क्षति पुर्याएको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ र १० का दर्जनभन्दा बढी स्थानमा क्षति पुर्याएको हो । हात्तीले ७ नम्बर वडाका पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको होटलमा सबैभन्दा बढी क्षति पुर्याएको छ । होटलमा राखिएको घरेलु मदिरा,भाडाकुँडामा क्षति पुर्याएको छ । फुस्को छानो भएको टहरा भत्काएर क्षति पुर्याएको श्रेष्ठको भनाइ छ ।
सोही स्थानका राकेश र राजेश प्रधानको अन्नबालीमा क्षति पुर्याएको छ ।
त्यसैगरी सोही समूहले महेश घिमिरेको घरमा राखिएको अन्न र तेज प्रसाद अधिकारीको तोरीबारीमा क्षति पुर्याएको छ । मध्यरातमा गाउँ छिरेका हात्तीले १० नम्बर वडाका हरि कृष्ण कोइराला, पूर्ण घिमिरे, विश्वनाथ न्यौपाने, छत्रबहादुर थापा,प्रकाश न्यौपाने,गणेश बहादुर बस्नेत ,सीताराम न्यौपाने लगायतका स्थानीयको घर तथा अन्नबालीमा क्षति पुर्याएको उनीहरुले जनाएका छन् । वन कार्यालयबाट साइरन जडित आएको टोलीले हात्तीलाइ खेदाएको थियो ।
हात्तीका कारण रातभर सुत्न नपाएको र दैनिक क्षति पुर्याएको भन्दै दीर्घकालिन समाधान गर्न पीडितहरुको माग छ ।































