Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /संस्कृति
संस्कृति

थारू बस्तीमा माघीको चटारो

क काशीराम शर्मा (रासस) पुस २५, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
 थारू बस्तीमा माघीको चटारो
 
थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् ।
नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा शुरु भइसकेको छ । थारू समुदायको माघी पर्व आउन चार दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरूपमा मनाउने थारू समुदायका मानिस अहिले माघीको तयारीमा जुटेका छन् । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।
 
माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइनभ्याई छ । माघी थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका हरिप्रसाद थारूले बताए । माघीमा आफन्त आउने भएकाले सत्कारका लागि तयारी शुरु गरेको उनको भनाइ छ । “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौँ”, चिसापानीकै फूलमती चौधरीले भने ।
 
एक महिनाअघिदेखि नै माघीको तयारी शुरु हुने थारू समुदायमा खानाका परिकार पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको  तेल पेल्ने काम गरिन्छ । तराईका थारू गाउँ अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।
 
यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् । माघीमा मिठोमसिनो खाने, नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डालगायतका कार्यको थालनी हुन्छ”, चिसापानीकै राजकुमार चौधरीले भने, “यस दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।” बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।
 
विदेश कमाउन गएका युवा पनि माघी मनाउन घर फर्किन शुरु गरेका छन् । सबैतिर माघीको तयारी चलिरहेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताए । “गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौँ”, उनले भने, “माघीको रौनकले विगतका पीडा भुलाइदिन्छ, थारू पर्व उल्लासमय बनाउन लागिपरेका छौँ ।” माघ महिनामा थारू समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने/नबस्ने, जग्गा अधिया लगाउने/नलगाउने, बडघर बस्ने/नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउँछन् ।
 
पुसको अन्तिम दिन थारू समुदायमा रातभरि आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ । माघ १ गते बिहानै भाले बासेको समय करीब बिहानै २ः०० बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वादसमेत लिने चलन छ । माघी पर्वमा एकापसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारू महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।
 
घोँगीको माग धेरै
माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्न घोँगीको माग अत्यधिक हुने गरेको छ । माग अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेट्टाउन नसकिएको ले बताए ।
 
“घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ, तर पुर्याउनै सकेको छैन”, थारूले भन्नुभयो, “यसपालि भनेजस्तो भेट्टाउन सकिएको छैन ।” तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका उनले आफ्नै तलाउबाट घोँगीको जोहो गरेको बताउछन् । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ ।
 
स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । घरवास, रेष्टुरेण्टमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताउछन् । –––
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
कार्तिक १२, २०८३
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
कार्तिक १२, २०८३
२५ लाखभन्दा बढीका अवैध सामान बरामद
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक १२, २०८३
  2. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक १२, २०८३
  3. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक १२, २०८३
  4. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक १२, २०८३
  5. तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
    कार्तिक ११, २०८३
  6. कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
    कार्तिक ११, २०८३
  7. सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
    कार्तिक ११, २०८३
  8. भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
    कार्तिक ११, २०८३
  9. नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
    कार्तिक ११, २०८३
  10. एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    कार्तिक ११, २०८३
  11. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
    कार्तिक ११, २०८३
  12. सुनको मूल्य बढ्यो: चाँदीको घट्यो
    कार्तिक ११, २०८३
  13. व्यवसायीको निधनले शोकमा वालिङ
    कार्तिक ११, २०८३
  14. भरुवा बन्दुकसहित एक जना पक्राउ
    कार्तिक ११, २०८३
  15. सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड