जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

alt
  • पुष २४, २०७६
  • १०४ पटक पढिएको
  • रासस

धरान । सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।

कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरिएको थियो ।

बर्लिनमा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष अभियानलाई सफल पार्न जर्मनीमा रहेका नेपालका मित्र, सरकारी कर्मचारी तथा त्यहाँ बसोबास गर्दै आएका गैरआवासीय नेपालीलाई पर्यापर्यटन, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्वतीय पर्यटनलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । त्यसैगरी अबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले पर्यटन वर्ष २०२० को प्रवद्र्धनात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताबारे जानकारी गराउँदै नेपाल भ्रमणका निम्ति युएईका नागरिकहरुलाई अनुरोध गरे ।

उक्त कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी फतिमा देरयानलाई सम्मान गरिएको थियो भने नेपालको पर्वतीय पर्यटन र हिमालय शृङ्खलाका मनोरम दृश्यबारे वर्णन समेत गरिएकाे थियाे ।

कोशी महोत्सव: १ लाखब ...

भण्टाबारी/ कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक ...

अपडेटः फरार भएका लर् ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थि ...

लिम्बू पत्रकारमा कुश ...

धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कु ...

मोरङमा कलेजको बस पल् ...

 विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका &ndas ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved