ब्लाष्टखबर । अमेरिका र इरान बीच बढ्दाे तनाबलाइ मध्यनजर गर्दै नेपाली सेनाले शान्ति सेनाका रूपमा इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अाफ्नाे सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्राेन अाक्रमण मारेसंगै बदला स्वरूप  इराकमा रहेकाे अमेरिकी सेनाको बेसक्याम्पमा आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

santi sena