पथरीशनिश्चरे । दक्षिणी इलामको चुलाचुलीमा सोमबार प्रदेश नम्वर १ का प्रतिनिधिमुलक १७ जना साहित्यकारको रचना प्रस्तुति भएको छ ।

चुलाचुली २ स्थित जनता माविको स्वर्ण महोत्सवका अवसरमा सर्जकहरु देवान किराती, मुनाराज शेर्मा, भूपेन्द्रराज तिम्सिना, टीका आत्रेय, रोहित पराई, अभागी थेगुवा, तीला लेकाली, विष्णु न्यौपानेले रचना वाचन गरे । साथै एकु घिमिरे, कृष्ण उदासी, राजकुमार सुब्बा अनिश्चित, विराट किराती, डिल्लीराम परदेशी, रीता पोखरेल, कमल मिश्र, मौसम साम्पाङ र दिनेश साम्पाङको पनि प्रस्तुति रहेको संयोजकहरु विवशवलिभद्र कोइराला र विन्दु दहाल मुकदर्शकले जनाए । कविता, गजल प्रस्तुत गरेका उनीहरुलाई कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपालले सम्मानपत्रले सम्मानित गरेका छन् ।

सोही अवसरमा भएको अन्तरमावि स्तरीय एकल नृत्य प्रतियोगितामा जनता मावि वाह्गोठेकी मन्सु देवान, भानु माविकी जेनी वस्नेत र जनता माविकी सुशीला राई क्रमशः प्रथम, द्धितीय र तृतीय भई पुरस्कृत भएका छन् । १ साता मनाउने गरी विद्यालयले स्वर्ण महोत्सवमा विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।