सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे बेलबारी र विराटचोकका जनप्रतिनिधि तथा अन्य व्यवसायीहरू यसो भन्छन् :

शिवप्रसाद ढकाल (सुन्दरहरंैचा नगरपालिका, मेयर)
हाम्रो यस नगरमा विशेष गरी प्राकृतिक पर्यटन सँगसँगै औद्योगिक, धार्मिक र शैक्षिक पर्यटन क्षेत्र पनि रहेका छन् । हामीसँग पिएलबो लुव्रीकेनट्स छ, जहाँ अवलोकनको लागि धेरै टाढाटाढाबाट आउने गर्नुभएको छ । त्यसै गरी संसारकै सबैभन्दा ठुलो गाईको प्रतिमा बन्ने क्रममा छ र हसिना, बाघझोडा, भुल्के लगायतका अरू थुप्रै सिमसार हामीसँगै छन् । यी सबैको प्रचारप्रसारमा हामी लागि परेका छौँ । त्यसै गरी पर्यटकहरूलाई बस्न स्तरीय होटल तथा लजहरू छन् । हाम्रै नगरभित्र गोकुलम, गोकर्ण रिसोर्टहरू पनि छन् जहाँ पर्यटकहरू आउने क्रम बढ्दो छ । २०२० लाई सरकाले भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको यसलाई सफल बनाउन हामी पूर्णरूपले लागिपरेका छौँ ।

रोहितबहादुर कार्की (केराबारी गाउँपालिका, अध्यक्ष)
पर्यटन वर्ष २०२०को शुरुवातसँगै हामीले मोरङ जिल्लाभरिकै १७ वटा पालिका स्तरको कार्यक्रम हामीले जेफालेमा सम्पन्न गरिसकेका छौं । हामीले चाहिँ तत्काल हाम्रो पालिका क्षेत्रभित्र रहेकामध्ये पहिचान गरेका पर्यटकीय क्षेत्रहरूमा पुनर्निर्माणका काममा लागिरहेका छौँ । जस्तै जेफालेमा पर्यटकलाई लक्षित गरेर स्वागत गेट निर्माण गरेका छौँ । साथै सिँढीहरू तथा शौचालय निर्माण गरेका छौँ । बाटोमा पाटीहरू निर्माण गर्ने जस्ता काममा लागिसकेका छौँ । त्यस्तै पर्यटकहरूलाई शान्ति सुरक्षाको महसुस गराउन र स्वास्थ्य सुविधा दिन ती क्षेत्रहरूमा कम्तिमा प्राथमिक स्वास्थ्य सेवा पु¥याएका छौं । हामीसँग पहिचान भएका सम्पदाहरू पार्वती गुफा, सत्यङ कन्या गुफा, तोप थुम्की छन् । त्यहाँ डाँडाबजार र यताबाट जाने मोटर बाटो पु¥याइसकेका छौँ । हामीसँंग केही छाँगा झरनाहरू पनि छन् । यी सबै पर्यटन स्थलहरू समेटर हामीले होर्डिङ बोर्डहरू पनि राखेका छौँ । आन्तरिक पर्यटक प्रसस्तै मात्रामा आइरहनुभएको छ । अब थप विदेशी पर्यटक ल्याउन लागि परेका छौं ।

ज्ञानुराज राई (लक्ष्मी सामुदायिक वन, सचिव)
पर्यटनको प्रचुर सम्भावना रहेको यस बेलबारीमा आन्तरिक पर्यटक आउने क्रम बढ्दो छ । वाहिय पर्यटकलाई भित्राउने दिगो योजनाको अभाव महसुस गरेको छु । हाम्रो सामुदायिक वन क्षेत्रभित्र राजमार्ग दक्षिण धेरै जातजातिका धार्मिक स्थल रहेका छन् । ती क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा पनि लिन, विकास गर्न सकिन्छ । धेरै जातजातिका महानुभावहरू धेरै टाढाटाढाबाट अवलोकन गर्न यस क्षेत्र आउने गर्नुहुन्छ तर यकिन तथ्याङ्क नरहँदा कति आन्तरिक पर्यटक आउनुभयो भन्न भन्न गाह्रो छ । अब यसलाई व्यवस्थित गर्ने क्रममा छौँ ।

डम्बर बस्नेत (बेतना सिमसार सामुदायिक वन अध्यक्ष)
बेतना सिमसारमा विशेषगरी जैविक विविधताको पन भएकोले प्राकृतिक कुरा हेर्न पर्यटक आउने गरेका छन् । पर्यटन वर्ष २०२० को स्वागत सँगसँगै हामीले केही नयाँ कार्यक्रमहरू ल्याउँदै छौँ । देशैभरिका बिभिन्न विमानस्थल तथा विभिन्न भन्सार क्षेत्रमा हामीले पर्यटन वर्षमा घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गरेर बेतना सिमसारको होर्डिङबोर्ड राख्ने तयारी गरेका छौं । साथसाथै यस क्षेत्रको स्थानीय कल्चर झल्काउने किसिमको हप्ताको एक दिन सिमसारमा कार्यक्रम गर्ने योजना रहेको छ । यस सिमसारमा गत वर्ष ४ देखि ५ हजार भारतीय पर्यटक आएका थिए तर यसवर्ष १० देखि १५ हजार विदेशी पर्यटक भित्राउने योजना रहेको छ ।

राजेश जङ्ग कार्की (बेलबारी उद्योग वाणिज्य सङ्घ, वरिष्ठ उपाध्यक्ष)
समग्र उत्तरी मोरङको केन्द्र बेलबारी भएको हुनाले यहाँ चारै भेगका उपभोक्ता किनमेलका लागि आउने गर्छन् । हरियो वन साथसाथै सिमसारै सिमसारको बिचमा रहेको यस बजारलाई पर्यटन मैत्री बनाउँदै पर्यटन वर्ष २०२० मनाउन हामि यहाँका व्यवसायीले सामान किनमेलका रूपमा आउने ग्राहकहरूलाई पनि पाहुनाकै रूपमा स्वागत सम्मान गर्ने गरेका छौं । बेतना सिमसार,अमना सिमसार धनपालथान, सिर्जना पार्क लगायत प्राकृतिक सम्पदा हाम्रै बजार आसपास रहेका हुनाले पनि पर्यटन वर्षसँग यहाँका व्यवसायीलाई जोडिन सहज रहेको छ ।

उत्तम पोख्रेल (पर्यटन पत्रकार महासङ्घ, महासचिव प्रदेश एक)
सङ्घीय सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन वर्ष २०२०को घोषणा गरेर उत्साहका साथ साथै प्रदेशमा तामझाम सहित उद्घाटन पनि ग¥यो । तर, प्रदेश नम्बर एक पनि अरू प्रदेशभन्दा के कम, त्यस्तै तामझाका साथ छिमेकी देशबाट अतिथि बोलाएर नै पर्यटन वर्षको शुभारम्भ प्रदेश सरकारले गर्यो । ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको सरकारले पर्यटकको तथ्याङ्क राख्ने काम भने पर्यटन वर्ष शुरु भइसक्दा पनि गर्न सकेको छैन । भारत तथा बङ्गलादेशबाट नेपाल भित्रिने पर्यटक माइत गएका हुन् कि ससुराली गएका हुन् भन्ने भइरहेको छ । झापा, मोरङ, सुनसरी तथा इलाम, धनकुटा, उदयपुर, सोलुखुम्बु, भोजपुर जिल्लामा धेरै पर्यटक आउने गरेका छन् ।