धरान  / धरान सहर स्थापना दिवसको अवसरमा धरानमा आजबाट तीन दिने धरान महोत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक उच्चमाविको खेल मैदानमा हुने महोत्सवको उद्घाटन प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले गरेका छन् । वृहत साँस्कृतिक झाँकीले नगर परिक्रमा गरिरहेको छ ।
पुष २० गते धरान स्थापना दिवस भए पनि नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने महोत्सव मनाउन लागिएको धरान उपमहानगरका मेयर तिलक राईले जानकारी दिए ।

कार्यक्रममा सागका पदक विजेता खेलाडीहरुलाई सम्मान गरिने समेत कार्यक्रम रहेको छ । उत्सव मनाउन धरान उपमहानगरपालिकाले २२ लाख बजेट छुट्याएको बताइएको छ ।