सरकारले तामझामका साथ सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरहँदा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यससँगै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे धरानका पर्यटन तथा अन्य व्यवसायीहरू यसो भन्छन्ः

कृष्णकुमार अग्रवाल (व्यवसायी)
कुनै पनि प्रयासको सबैभन्दा पहिलो उद्देश्य हेर्नुपर्छ । उद्देश्य राम्रो छ । हामीसँग धेरै चिज हुँदाहुँदै पनि धेरै पछाडि छौं । सरकारको प्रयास राम्रो हो । तर, यसलाई उत्सवमा मात्रै सीमित राख्यौ भने केही हुँदैन । यसको लागि प्रोगाम बनाउँदै जानुपर्छ । प्रदेश सरकारले हाम्रा पर्यटकीय केन्द्रहरू ‘फिक्स’ गर्नुप¥यो । त्यहाँ आधारभूत कुराहरू पूरा गर्नुपर्छ । नेपालमा भन्दा पनि बाहिर त्यस ठाउँको प्रचार–प्रसार हुनुपर्छ । ठाउँ मात्रै देखाएर हुँदैन, आधारभूत आवश्यकता हुनुपर्छ । हाम्रो एक्ससेसविलिटी कमजोर छ । पहुँच कमजोर छ, पानी पनि पाउन गाह्रो छ । सडक पहुँच कम छ । यो सबै सुविधा दियौं भने मात्रै हाम्रो पर्यटन वर्ष सफल हुन्छ । यो जिम्मेवारी स्थानीय, प्रदेश र सङ्घीय सरकारको हो ।

बासु बराल (पर्यटन–व्यावसायी)
यो काम २०१८–१९ मै गर्नुपर्ने हो । २०२० लाई टारगेट गरेर एक दुई वर्ष अगाडि नै गर्नुपथ्र्यो यो एकदमै ढिलो भएको छ । बाहिर अर्थात् अन्य मुलुकमा प्रवद्र्धन गरिरहँदा भित्र (हाम्रो देशमा) पनि पूर्वाधारलाई व्यवस्थित गर्नुपर्छ । हाम्रो पर्यटक आउने ढोका नै सानो छ, आइसके पछि त्यसलाई भ्याउने गरी हामीसँग होटल नै छैन । त्यसलाई धान्न सक्ने यातायात नै छैन । क्वालिटीको पर्यटक आए भने क्वालिटीको सर्भिस दिनुप¥यो । मान्छे आयो भने सर्भिस दिन सक्ने स्थितिमा छैनौ । पूर्वाधार पनि थप्नुपर्छ । लगानीमैत्री वातावरण छैन, त्यसलाई सुधार गर्नुप¥यो । निजी क्षेत्रले लगानी गर्नुपर्छ । हाम्रो पर्यटक आउने ढोका भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाँ एक लाख मान्छे ल्याउने क्षमता पनि छैन । एयरपोर्ट नबनाएसम्म पर्यटक ल्याउनै सक्दैनौं । सकरात्मक रूपमा हेर्दा आम नेपालीहरूमा तरङ्ग ल्याएको छ । अबको विकल्प भनेको पर्यटन नै हो । आममानिसको दिमागमा छिर्ने क्रममा छ । यो चाहिँ शुभसङ्केत हो । पर्यटनमा पेशाकर्मी मात्रै होइन, आममान्छे नै पर्यटकमैत्री हुनुपर्छ । सेवाप्रदायकले मात्रै नभई आम मान्छेले पनि राम्रो व्यवहार गर्नका लागि सचेतना ल्याएको छ । पर्यटक बढ्लान् । लगानीमैत्री वातावरण बनाउनुप¥यो । सरकारले पनि पूर्वाधारमा लगानी गर्नुपर्छ । पूर्वको कुरा गर्ने हो भने हाम्रो मेन एक्ट्रयाक्सन के हो त ? केलाई बेच्ने हो त्यो नै छनौट नै गर्न सकेका छैन । लाइन के हो त हामी त्यतिकै पर्यटन–पर्यटन भनेका छौं । कुनै लक्ष्य र उद्देश्य छैन । पर्यटन सेवा हैन, व्यवसाय हो । जुन प्रदेशमा फाइभ स्टार होटल छैन । त्यो प्रदेशले पर्यटनको के कुरा गर्नु र १

मनोजकुमार मेन्याङ्बो (पूर्व मेयर तथा होटल व्यवसायी)
सरकारले लिएको २० लाख पर्यटक भि†याउने लक्ष्यका हिसाबले ठूलो सङ्ख्या त होइन । तर, २० लाख पु¥याउन पनि त्यति सहज छैन । पूर्वाधारहरूमा लगानी छैन । तर, सरकारले गरेको प्रयासलाई सराहना गनुपर्छ । नेपाल भ्रमण वर्षलाई विश्वव्यापी रूपमा प्रचार प्रसार भएको छ । यस्ता कुरालाई कम्तीमा पनि २–४ वर्षमा निरन्तरता दिइरहनुपर्ने हो । तर, त्यो हुन सकेको छैन । सरकारको कार्यक्रम सबै लागेर पूरा गर्नुपर्छ । सरकारले ठोसमा भन्दा पनि औपचारिकता मै सीमित गरेको छ । प्रचार प्रसारलाई तीव्र बनाउनुपर्ने हो त्यस अनुरूप काम भएको छैन ।

कृष्ण साह (पर्यटन व्यवसायी)
यो चाहिँ शुभारम्भ हो । २० लाख टारगेट मात्रै हो । यो स्वभाविक रूपमा प्राप्त गर्ने सङ्ख्या छ । विभिन्न तरिकाले कार्यक्रमहरू गरिँदा यो टारगेट पूरा हुन्छ । पूर्वाधार छैन । कनेक्टिभिटी, बाटो, ठूला होटलका कुरा त छँदै छ । प्रदेश सरकारले १० वर्षको कार्यक्रम लिएर गइरहेको छ । अहिले सचेतना वृद्धि भयो भने पनि यसलाई सकरात्मक रूपमा लिनुपर्छ । सबै मान्छे एकपटक सहभागी हुँदै छन् । अहिले नै निराश हुनुपर्ने कारण छैन । मुख्य रूपमा पर्यटन, सचेतना, पूर्वाधार विकासलाई निरन्तरता दिने कुरा हो ।

अमृत मानन्धर (धरान होलिडेज सञ्चालक)
अहिलेको सिचुएसन हेर्दा पूर्ण रूपमा सफल हुने देखेको छु । पर्यटनलाई पहिलो प्राथमिकतामा राखेका कारणले सफल होला । प्रदेशमै हेर्ने हो भने बाटोघाटो धेरै नै बनिसकेको छ । प्रदेश १ मा धार्मिक पर्यटकमात्रै धेरै आउँछन् । त्यसपछि अर्को भनेको इकोटुरिजम धेरै आउने गरेका छन् । तर, सरकारले भ्रमण वर्ष मुखले भनेर मात्रै हुँदैन पूर्वाधार विकासमा पनि ध्यान दिँदै जानुपर्छ । पर्यटनको क्षेत्रमा दक्ष मेनपावरहरू पनि तयार गर्नुप¥यो ।

सरोज भट्टराई (होटल एसोएिसन अफ धरान, अध्यक्ष)
भ्रमण वर्ष २०२० राम्रै अवधारणा हो । सरकारले गर्नुपर्ने धेरै छ । प्रचार सीमित भएको महसुस भएको छ । पर्यटकीय सम्भावना प्रसस्तै छ । सरकारले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्यो । सुरक्षाको राम्रो खाल्को ग्यारेन्टी गर्नुपर्यो । व्यावसायीहरूलाई लगानी गर्ने वातावरण तयार गर्नुपर्छ । सरकारले अझै पर्यटकीय सम्भावना भएका क्षेत्रहरूमा राज्यले लगानी गरेदेखि थप सफलता प्राप्त हुन्थ्यो ।

गिरिधारी सापकोटा (सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष)
सरकार मात्रै हैन, हामी सबै लागेर सफल बनाउनुपर्छ । पर्यटक मैत्री शहर कसरी बनाउने ? त्योतर्फ सबैले सोच्नुपर्छ । पहिला त हामी पर्यटक मैत्री हुनुप¥यो । सरकारले मात्रै सक्दैन, निजी क्षेत्र, सर्वसाधारणले राम्रो व्यवहार गर्नुपर्यो । फेरि पनि पर्यटकहरू आउने वातावरण तयार होस् । त्यसका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्छ । आन्तरिक मात्रै हैन, बाह्य पर्यटक कति भित्र्याउने भन्ने यकिन पनि गरिनुपर्छ । पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ ? आएका पर्यटकहलाई राम्रो व्यवहार गर्नुपर्यो । गाउँशहर सबैलाई पर्यटक मैत्री बनाउनुपर्छ ।