धरान / पूर्वका पुराना पत्रकार याम प्रधानको आज विहान निधन भएको छ । लामो समयदेखि मृगौलामा समस्या आएर उपचार गराउदैंआएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष,नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी प्रधान इटहरी कार्यक्षेत्र बनाएर सकृय पत्रकारिता गदैं आएका थिए ।
उनको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस यूनियनलगायतले दुःखद व्यक्त गरेका छन् ।
आज बिहान ८ बजे गंगा जमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने बताइएको छ । प्रधानका श्रीमति र एक छोरी रहेका छन् ।































