उर्लाबारी / उर्लाबारी नगरपालिकाले मंगलबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उर्लाबारी नगरपालिकाले ‘तमु ल्होसार’को अवसरमा मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगर प्रमुख खड्ग फागोले प्रेस बिज्ञप्ती जारी गर्दै ल्होसारको अवसरमा विदा दिएको घोषणा गर्दै शुभकामना पनि समेत गरेका छन ।

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’ भव्यताका साथ मनाउने नगर समितिले जनाएको छ । यस्तै ल्होसारकै अवसरमा मोरङकै कानेपोखरी र बेलवारी नगरपालिकाले पनि भोली स्थानीय विदा दिने निर्णय गरेको समन्धित नगरपालीकाले जनाएका छन ।