मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ र इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ को संगम स्थलको रुपमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कुइनेटार देखी अर्को धार्मीक पर्यटकीय क्षेत्र चुलीपोखरी सम्म पदमार्ग निमार्ण काम सुरु भएको छ ।

पदमार्ग निर्माण प्रत्रिया सुरु भए संगै स्थानीय स्तरमा केही मात्रामा रोजगारीका अवसरहरु समेत सृजना भएको मिक्लाजुङ गाउँपालिका वडाा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईले बताए ।

सो पदमार्ग निमार्णका लागि मिक्लाजुङ गाउँपालिकाले गत र यस आ.ब.मा १५ लाख रकम बिनियोजन गरेको छ ।
कुइनेटारबाट चुलीपोखरी सम्मको दुरी करिब ४ किमी रहेको छ । यस बर्षको बजेटबाट करिब चर यस मिटर पदमाार्गको सिढी निर्माण हुने कुइनेटार चुलीपोखरी पदमार्ग निर्माण समिति अध्यक्ष शेरबहादुर राईले बताए ।

मिक्लाजुङ गाउँपालिकाका दुई वटा धार्मीक पर्यटकीय क्षेत्रलाई जोडने गरी निमार्ण प्रकिक्रया सुरु भएको यस पदमार्गले स्थानीय स्तरमा रोजगारी र धार्मीक पर्यटनमा समेत टेवा पु¥याउने प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा कुशलले बताए । साम्बाले यो पद मार्ग मोरङ जिल्लामै पहिलो पदमार्ग हुने बताए ।
चुरे पहाडको काखमा रहेका कुइनेटार बाट डब्लुहील पहाडको थाप्लोमा रहेको चुलीपोखरी क्षेत्र सम्म निर्माण हुने पदमार्ग करिब चार किमी रहनेछ । चुरेपहाडको डाँडै डाँडा तराईका हरिया फाँटहरुको दुस्याअवलोकन गर्दै चुलीपोखरीे सम्म जाने पदमार्ग पुर्वी तराई क्षेत्रबाट सबै भन्दा नजिक स्थानमा पर्ने पहिलो धार्मीक पर्यटकीय पदमार्ग हुने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

सो पदमार्ग हुँदै झापा, मोरङ, इलाम पाँचथर गरी ४ जिल्लाहरुको तराई तथा पहाडी भुभागको दुस्याअवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकारले कुइनेटार चुलीपोखरी क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा प्रथामीकता दिएर काम अगाडी बढाए संगै कुइनेटार, चुलीपोखरी क्षेत्रमा आन्तरीक पर्यटकहरुको संख्यामा समेत वृद्धी भएका कुइनेटारका व्यवसायीहरु बताएताउँछन ।

बषौ देखी आर्थिक समृद्धी र स्वरोजगारको नार देशभर लागीरहँदा सुगम जिल्लाको रुपमा परिचित दुर्गम गाउँ मिक्लाजुङ वडा नं. २ चुलीपोखरीका वडा बासीहरुले धार्मीक पर्यटन र पदमार्ग निर्माण केहीमात्रामा रोगारीका अवसरहरु सृजना हुने बिस्वास लिएका छन ।