देउराली । धरान भानुचौकको नयाँ बजार क्षेत्रबाट एक हुल बाँदर बसपार्कतर्फ आउँदै थिए । पुतलीलाइन जाने बाटोमाथि रहको तारमा झुण्डिए र इडन एकेडेमीको विल्डिङ हुँदै बसपार्कतर्फ छिर्न खोज्दै थिए । करिव २० देखि २५ वटाको हुलमा रहेका बाँदरहरू एकैसाथ पुतलीलाइन छिर्नेबाटो माथिका तारहरूमा झुण्डिदै पारि तर्दै गर्दा अचानक नाङ्गा तारहरू एक आपसमा जुधेर विद्युत् सर्ट भयो ।

 बाँदरका हुलमा रहको पोथी बाँदर र उसको साथमा रहेको बच्चालाई करेन्ट लाग्यो । तारबाट छुटेकाे करिब १५ मिनेटमा मृत्यु भएकाे थियाे । यो हो धरानको भानुचौकमा करिब २ बजे देखिएको दृष्य । जसले धरानको बजार क्षेत्रमा भएका अव्यावस्थित तारहरूमा बाँदरबाट उत्पन्न गर्न सक्ने जोखिमको चित्रण गरेको छ ।

banar banar2 banar1 banar4 banar5 banar3 banar6