काठमाडाै‌ । आफ्नो कारणले देशको नाम बदनाम हुन नदिने त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा काम गर्ने हरियो नम्बर प्लेटका ट्याक्सीका चालकहरुले चालकहरुले प्रतिवद्धता जनाएका छन् ।
बुधबार विमान स्थलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट पर्यटन ट्याक्सी ईकाईले आयोजना गरेको स्टिकर सार्वजनिक तथा यात्रुमैत्री व्यवहारबारे चालकहरुका लागि प्रशिक्षण कार्यक्रमको सुरुमै संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा पर्यटकलाई राम्रो व्यवहार गर्न आग्रह गरेका थिए । अतिथि देवो भवः हाम्रो मुल मन्त्र रहेको स्मरण गराउदै पर्यटकलाई देउता समान व्यवहार गर्न आग्रह गरेका थिए ।
चालकहरुले मजदुरहरुलाई प्राथमिकता दिदै कार्यस्थलमै आएर प्रशिक्षण दिएकामा मन्त्री भट्टराईलाई धन्यवाद दिदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मजदुरहरु सधै सरकारसंगै रहेको आश्वस्त पारेका थिए । विमान स्थलमा काम गर्ने ट्याक्सी चालकहरुबाट देशको बदनाम हुन नदिने प्रतिवद्धता जनाए । विमान स्थलमा कुनै पनि पर्यटक वा यात्रुलाई गरिने व्यवहार र सत्कारमा गुनासो आउन नदिने एयरपोर्ट पर्यटन ट्याक्सी ईकाई अध्यक्ष बीलवहादुर कार्कीले बताए ।
नेपालको बारेमा पहिलो प्रभाव विमानस्थलमा हुने व्यवहारले नै पार्ने भएकाले राम्रो प्रभाव पार्नु विमानस्थलमा काम गर्ने हामी सम्पूर्ण चालकहरुको दायीत्व रहेको भन्दै हामी देशकै इज्जतलाई ध्यान दिएर काम गर्छौं विमान स्थलका पुराना चालक पूर्ण खताकोले बताए । विमान स्थलमा सबै प्रकारका सवारी चालकहरु करिव ६ सयको हाराहारीमा रहेका छन् काममा इमान्दार, सज्जन, सहयोगी र यात्रुमैत्री छन् भन्ने सन्देश दिने विषयमा हामी गम्भिर भएर काम गर्छौ अग्रज चालक भीमसेन आचार्यले बताए ।
मन्त्री भट्टराईले गर्नुभएको आग्रहलाई पुरा गर्ने प्रतिबद्धता जनाउदै एयरपोर्टको टयाक्सीमा नेपाल भ्रमण वर्ष २०२० स्टिकर सबै ट्याक्सीमा टास्ने संगठनका अध्यक्ष बीलवहादुर कार्कीले बताए । संगठनले तयार पारिएको स्टिकर ट्याक्सीको अघि र पछि टासेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन मजदुरहरुले सरकारलाई पूर्ण साथ दिने बताए उनले भने विमान स्थलमा काम गर्ने चालकहरुलाई अग्रेजी कक्षा र ड्रेसकोडको व्यवस्थाका लागि पहल गरिने बताए ।