इटहरी । सुन्दरहरैचा नगरपालिका वडा नं ५ बलिया चौकबाट एक किमी भित्र रहेको नयाँ बृन्दाबन गौशाला धार्मिक पर्यटकीय गन्तब्य बन्न थालेका छ । दाताहरुले दिएको दानबाट अहिले पर्यटकीय क्षेत्र गौशला अहिले पर्यटकहरु रमाउँने स्थानको रुपमा विकास हुन थालेको हो ।
पर्यटकहरुलाई आर्कषण गराउँन अहिले यस क्षेत्रमा भौतिक निमार्णको काम समेत भईरहेको राधेश्याम सेवा ट्रष्ट नयाँ बृन्दाबन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्रीले जनाए ।
२०६५ सालबाट सुरु भएको नयाँ बृन्दाबनले पर्यटकहरुको मन लोभ्याउँन थालेको उनी बताउँछन । ‘हामी यस नयाँ बृन्दाबनलाई पर्यटकहरुको आर्कषक केन्द्र बिन्दु बनाउँने तरखरमा छौं ।’– उनले भने । पछिल्लो धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरु बढेको शास्त्रीको भनाई छ । .
विश्वकै अग्लो गाईको मुर्ती नयाँ बृन्दाबन गौशालामा विश्वकै अग्लो गाईको मुर्ती राखीने भएको छ । अहिले निमार्ण कार्य धमाधम भईरहेको छ । धार्मिक पर्यटकीय स्थल बनाउँन विश्वकै अग्लो गाईको मुर्तीको आईतबार शिलान्याससमेत भएको छ । ५१ फिट उचाई रहने यो गाईको मुर्ती एक बर्ष भित्र बन्ने जनाइएको छ । अहिले पर्यटकहरुलाई नै आर्कषण गर्ने उदेश्यले सुनसरी मोरङलाई जोड्ने झोलुङगे पुल बनाउँने कार्य समेत सुरु भएको उनको भनाई थियो ।
बचाउन बुढीखोला तटबन्ध निर्माण गरे धार्मिक पर्यटनसंगै हिन्दु संस्कृतीको संरक्षण हुने शास्त्रीको भनाइ रहेको छ । देशमा बढ्दो अशान्ति तथा सामाजिक र पारिवारीक कलहलाई रोक्नसमेत यो धार्मिक पर्यटक आवश्यक परेको दीनबन्दु शास्त्री भन्छन् । अहिले संस्कृति बढ्ने विद्यार्थीहरु समेत यहाँ छन । बृन्दाबनमा अहिले २० वटा गाईहरु छन ।
पुर्खाको सङ्ग्राहलय बन्दै मोरङको सुन्दरहरैचा नगरपालिका ५ मा विश्वमै पहिलोपटक एकै ठाउँमा २४ वटा ऋषिप्रतिमा स्थापना हुने भएको छ । श्री राधेश्याम सेवा ट्रष्टको सत्संकल्पमा सुन्दरहरैचा स्थित नयाँ बृन्दाबन गौशालाको भित्र रहेको साढे ७ बिगाहा क्षेत्रफलमा सो प्रतिमा स्थापनाका लागि करिब डेढ बिगाहा जग्गा ऋषि पार्क निर्माणका लाग्ने भएको छ ।
उक्त ऋषिपार्कमा २४ वटा गोत्र प्रवर्दक ऋषिका धातुका प्रतिमाहरु निर्माण गर्ने काम भईरहेको छ । उक्त ऋषि पार्कले धार्मिक तथा पर्यटकिय महत्व राख्नुका साथै आफ्ना पूर्वजहरुले आर्शिवाद प्राप्तिका लागि उत्तम स्थान हुने छ । नयाँ बृन्दाबन गौशालामा तीन तले कृष्ण मन्दिर, अनाथआश्रम, बृद्धाआश्रम, बालआश्रम, विशाल सभाहल, संगीतमय पोखरी, बगैचा, राशीअनुसारका बृक्षहरुलगायत निर्माण भईरहेको छ ।
स्थानीय टोल विकास समितिका अध्यक्ष तेजबहादुर पुरीले बृन्दाबनले नयाँ आयम थपेको बताए । धार्मिक क्षेत्रमा पर्यटकहरुको आर्कषण बढेको भन्दै यसलाई अझै राम्रो बनाउनु पर्ने बताए । अहिले बुढी खोलाको किनारमा भएको यो अभियानले स्थानीय स्तरमा धेरै राम्रो भएको उनको भनाई छ । बृन्दा बनमा अहिले फोटो खिचाउँन आउँनेहरुको संख्या समेत बढ्रदै गएको उनको भनाई थियो ।
त्यस्तै बुढी खोला वारी पनि इटहरीको कृष्ण प्रणामी मन्दिर पुर्न्निमर्ण गरि देशकै नमुना मन्दिर भएको छ । आजभन्दा ३८ वर्ष अगाडी बासको घेरावेराबाट शुरु भएको मुक्तिधाम क्षेत्रमा रहेको मन्दिरमा पर्यटकहरुको लागि नयाँ गन्तब्य हुदै गएको छ । यसरी धार्मिक क्षेत्रलाई पनि पर्यटकहरुको आर्कषण गर्ने सके आन्तरीक तथा बाह्य पर्यटकहरुको रोजाई बन्ने पक्का छ ।