उदयपुर / सर्वोच्च शिखर सगरमाथादेखि प्राचिन इतिहास बोकेका धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासमा उदयपुरका स्थानीय तह लागि परेको छ । सन् २०२० लाई टेवा पु¥याउने लक्ष्यका साथ जिल्लाको ८ वटै स्थानीय तहहरुले बजेट विनियोजन नै गरेर पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनमा लागि परेको हो ।
सरकारले पर्यटन वर्षको रुपमा मनाउन लागेको सन् २०२० लाई थप टेवा पु¥याउने लक्ष्यकासाथ बेलका, चौदण्डिगढी, त्रियुगा, कटारी नगरपालिका र रौतामाई, उदयपुरगढी, ताप्लि र लिम्चुङ्बुङ गाउँपालिकाले ‘पर्यटन’ शिर्षकका करिब ५ करोड ५८ लाख बजेट विनियोजन गरेको छ ।
विश्वको शिर सर्वोच्च शिखर सगरमाथासहित चोयु, मकालु, कंचन्जञ्घा, ल्होत्से,कुम्भकर्ण लगायतका उच्च हिमशृङ्खला अवलोकन गर्न सकिने जिल्लाकै प्रमुख धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरी र चौदण्डिगढी, उदयपुरगढी,मैना राजा मैना रानी मन्दिर, ताप्लि पोखरी, गैँडा आहाल, एभरेष्ट भ्यूटावर, बेलका राजा रानी दरबार क्षेत्र लगायतका पर्यटकिय क्षेत्रका विकासमा नगर र गाउँपालिकाहरु लागि परेको हो ।

सरकारले घोषणा गरेको घुम्नै पर्ने सयवटा गन्तब्य भित्र परेको उदयपुरगढी संरक्षण तथा प्रवद्र्धनसँगै भ्यूटावर र भुगोल पार्क निर्माण कार्यलाई पालिकाल करिब ५० लाख बजेट विनियोज गरेको पालिकाले जनाएको छ । अधुरो रहेको भ्यूटावरको निर्माण कार्य सम्पन्न गर्न, पुरानो उदयपुरगढीसम्म पुग्ने ढुङ्गाको सिढी निर्माण गर्न, उदय सेन राजाको प्रतिमा झल्कने शालीक निर्माण गर्न, संग्रालयको स्थापना गर्न, नेपाल टारको भूलोग पार्क संरक्षण गर्नका लागि बजेट छुट्याएको पालिकाले जनाएको छ ।
सरकारले सयवटा गन्तब्य भित्र राखेकाले गढीको संरक्षण तथा प्रवद्र्धनको निम्ति संघीय सरकारले प्रत्येक वर्ष ५० लाख बजेट दिने गरेको उदयपुरगढी गाउँपालिकाको अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।
त्यस्तै ऐतिहासिक चौदण्डिगढी दरबार र अन्य पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रवद्र्धका लागि चौदण्डिगढी नगरपालिकाले ९० खाल बजेट विनियोजन गरेको काम अगाडी बढाएको छ ।
बेलाका नगरपालिकाले नगर क्षेत्र भित्र रहको पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि ‘पर्यटन’ शिर्षकमा नगरले करिब ७० लाख बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रको विकासको काममा तिब्रता दिएको मेयर दुर्गा थापाले जानकारी दिए ।