दिल्लीमा भएको आगलागीमा ३४ जनाको मृत्यु

alt
  • मंसिर २२, २०७६
  • २१२ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालकी डा। रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ३४ पुगेको छ।

दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो। उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्। दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ५० जना बढी मानिसलाई उद्धार गरेर उनीहरूको ज्यान जोगाइएको जानकारी दिए।

आगो नियन्त्रणमा

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, 'साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।'

उनले आगो लागेको भवनमा कागजहरू रहेकाले धुँवाका कारण मानिसहरूलाई बचाउन समस्या भएको बताएका थिए।घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुख व्यक्त गरेका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

दिउँसै माेटरसाइकल चा ...

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइल चोरेर भाग्दै ग ...

शहीद स्मारक ए डिभिजन ...

काठमाडाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन ...

प्रदेश सरकारले आफ्नै ...

लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत नव निर्मीत ट्राफिक ...

एक बर्षदेखि कल्भर्ट ...

बिर्तामोड । बिद्युत प्राधिकरणले एउटा बिजुलीको पोल ५ फिट ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved