धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालयको आज भएको बैठकले उपनिर्वाचनको समिक्षा गरेको छ ।
निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनको तयारीको समयमा जनताले गरेको गुनासो सुनुवाई प्रक्रिया शुरु गनेृ निर्णय गरेको छ ।
बैठकले विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाईएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६÷०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Capture 3