उदयपुर/ उदयपुरको शनिबारेमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रामपुर–फत्तेपुर सडक खण्डको चौदण्डिगढी नगरपालिका–४ शनिबारेमा मोटरसाईकल दुर्घटना हुदा दिपेन राईको मृत्यु भएको हो ।
गतराती करिब ८ बजे को ११ प ६९६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक चौदण्डिगढी नमुना चोक निबासी ३५ वर्षी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका राईको त्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त मोटरसाईकल पछाडी सवार ३१ वर्षीय नारायण राईको उपचार भईरहेको प्रहरीले जनाएको छ ।