धरान / धरानमा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा मेयर पदको लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा) का उम्मेद्धवार प्रकाश राई आज धरान १८ मा घरदैलोमा पुगे । घरदैलो जादैं गर्दा नेपाली काङ्ग्रेसका मेयरका उम्मेद्वार तिलक राईको दैलोमा पुगे । उनले भने –‘नमस्कार हजुर मलाई सहयोग गर्नु प¥यो । मेयरको उम्मेद्वार भोट दिनु प¥यो ।’

धरान –१८ स्थित निवासमा पुगेका नेकपाका उम्मेद्धवार राईलाई काङ्ग्रेसका उम्मेद्वार तिलक राईकी श्रीमती रीना चाम्लिङले मुस्कुराउदैं भनिन–‘हजुरलाई जितको शुभकामना ।’ आफ्नै श्रीमानका प्रतिस्पर्धीलाई रीनाले टिका र फुलमाला पहिराएर जितको शुभकामना दिएर राजनीतिक संस्कारको गतिलो उदाहरण प्रस्तुत गरिन ।

धरान –१८ स्थित निवासमा पुगेका नेकपाका उम्मेद्धवार राईलाई काङ्ग्रेसका उम्मेद्वार तिलक राईकी श्रीमती रीना चाम्लिङले मुस्कुराउदैं भनिन–‘हजुरलाई जितको शुभकामना ।’ आफ्नै श्रीमानका प्रतिस्पर्धीलाई रीनाले टिका र फुलमाला पहिराएर जितको शुभकामना दिएर राजनीतिक संस्कारको गतिलो उदाहरण प्रस्तुत गरिन । नेकपाका उम्मेद्वार राई पनि भोट नदिने अर्थात विपक्षी पार्टीको घरमा समेत पुगेर आफ्नो राजनीतिक दायित्व पुरा गदैं आएका छन् । ‘भोट दिने नदिने मतदाताहरुको व्यक्तिगत अधिकार हो तर सबैको घरदैलोमा पुगेर मैले अनुरोध गर्नु मेरो कतव्य हो ।’– बुद्धचोक नजिक भोट माग्दैं गर्दा भेटिएका प्रकाश राईले भने–‘तिलक जीको घरबाट भोट मलाई नआउला तर मेरा कतव्य मैले पुरा गर्नु पर्छ । राजनीतिक संस्कार मैले पुरा गर्नु पर्छ ।’

प्रकाश राई रत्नचोकस्थित धरान १८ का वडाध्यक्ष प्रवीण राईको घरमा समेत पुगे । वडा अध्यक्ष राई नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका व्यक्ति हुन । उनकी श्रीमती सविना राईले पनि घरदैलो अभियानमा पुगेका नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जितको शुभकामना दिन पाइन । प्रकाशले प्रतिपक्ष दलको घरमा पुगेर आर्शिवादसँगै जितको शुभकामना लिन पाए । 

मंसिर १४ मा हुने उपनिर्वाचनमा राईसहित मेयरका लागि २३ जना उम्मेद्वार यति बेला मतदाताहरुको घर दैलोमा पुगेका छन् । अन्य दलका उम्मेद्वार आफुलाई भोट नआउने स्थानमा पुगेका छैनन् तर प्रकाश राई सद्भाव र आफ्नो कतव्य पुरा गर्न सबैको घरघरमा पुग्दैं आएका छन् ।