विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ ।
सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेको बेला विराटनर जेसीसले भ्रमण वर्षलाई टेवा पु¥याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो ।

‘जेसीस सप्तहा’ कार्यक्रम अन्र्तगत विराटनगर जसीसले मनाउने साताभरीको कार्यक्रम पनि बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजानक गरेको छ । सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने भएको छ । प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पुर्याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।

‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन हाम्राे त्यहाँ स्टल रहनेछ,’ अध्यक्ष बजगाईले भने, ‘ यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा हामी जानकारी गराउछौं । यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’

सोही दिन पर्यटकीय स्थलको विवरणहरु संकलन गरि विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल र्याली निस्किनेछ । उक्त र्यालीमा १ सय जना युवाहरूको सहभागि हुनेछ । उनीहरूलाई भ्रमण वर्षको प्रचार प्रसाद पनि गर्नेछन् ।

‘विगत वर्षहरूमा भन्दा यस पटक जेसीसको सप्तहाव्यापी कार्यक्रम फरक तरिकाले मनाउने हामीले तयारी गरेका हौं । यसमा हामीलाई सरकारको पनि साथ सहयोग र समर्थन पनि पाएका छौं,’ उनले भने । शनिबारदेखि सुरु हुने कार्यक्रम कार्तिक २९ गते समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजकमा उज्जल खरेल रहेका छन् भने अन्य दैनिक हुने कार्यक्रमको पनि छुटा छुट्टै दिनका संयोजकहरू तोकिएको छ । विराटनगर जेसीसले युवा व्यवसायीहरूलाई ‘बिगनेश ट्रेडिङ्ग’ पनि दिने भएको छ ।

उक्त ट्रेडिङ्ग कार्तिक २८ गते हुनेछ । यस्तै स्टेशनसरीको सामाग्री वितरण, अन्तर स्कूल टे्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेता मुलक कार्यक्रम हुने मुख्य कार्यक्रम संयोजक उज्जल खरेलले बताए । उनका अनुसार जेसीस सप्तहा सम्पन्न गर्न तीन लाख खर्च हुने जानकारी गराए । सप्ताहको अन्तिम दिन विभिन्न क्षेत्रका तीन जना युवाहरूलाई सम्मान गरि समापन हुने बताइएको छ ।