विराटनगर / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली उदाउँदो बिहानी सर्यूलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ । 
विराटनगरको सिंघिया, केसलीया खोला, यहाँ रहेको नहरलगायतको नदीहरुमा हजारौं श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरे । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो देखियो । निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए । 
 
  
  
  
  
  
  
 
 
                     
         
                                        
                                                                                                 
        































