धरान /  ज्ञान चक्षु विद्यालय धरान १५ को व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले समितिको अध्यक्षमा शुशिला पहाडी ढकाल चयन भएकी छिन् ।
व्यवस्थापन समितिका सदस्यहरु अभिभावकका तर्फबाट शिवराज ढकाल , कल्पना पौडेल , भेषराज भट्टराई, कैलाशकुमारी कट्ट्ेल र शिक्षक प्रतिनिधि शुशिला थापा, पदेन सदस्य धरान उपमहानगरपालिका वडा नंं १५ का अध्यक्ष नरेश इवाराम, विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारीका साथै शिक्षा प्रेमी तथा समाजसेवीका तर्फबाट शुशिला पहाडी ढकाल र ब्लाष्ट टाइम्सका प्रबन्ध निर्देशक सम्पादक किशोरकुमार कार्की सम्मिलित बैठकले पहाडीलाई चयन गरेको हो ।
व्यवस्थापनका नवनिर्वाचित अध्यक्षलगायत सदस्यहरुलाई बधाई दिंदै ज्ञान चक्षु विद्यालयलाई आइपर्ने जस्तो सुकै समस्याहरुको समाधानका लागि वडा समिति कार्यालय र व्यवस्थापन समिति पछि नपर्ने कुरा वडाध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य नरेश इवारामले बताए । उनले यो समितिमा समाजका प्रवुद्ध वर्गको प्रतिनिधित्वसमेत भएकाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने कुरामा आफू आशावादी भएको बताए ।
नवनिर्वाचित अध्यक्ष पहाडीले ‘टिम स्प्रिरिट’ मा आफ्नो विश्वास भएकोले टिमको सामूहिक निर्णयका आधारमा विद्यालयको स्तरोन्नति र विद्यार्थीहरुको पठनपाठनलाई अझ बढी विकास गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बैठकपछि प्रअ भण्डारीले व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरुलाई विद्यालयको भौतिक संरचना र विद्यार्थीहरुको पठनपाठनका विषय स्थलगत अवलोकन गराएर प्रष्ट्याएका थिए ।