Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /विशेष
विशेष

नेकपा चियापन: जे देखियाे कार्यक्रम स्थलमा

प प्रकाश सिलवाल / शरद शर्मा असोज २९, २०७६ ४ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
नेकपा चियापन:  जे देखियाे कार्यक्रम स्थलमा
काठमाडाै / ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ...।’ जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?, स्वास्थ्य कस्तो छ ?’ जस्ता व्यक्तिगत र पारिवारिक कुराकानी पनि गरेको देखिन्थे । त्यतिले नपुगेर सामूहिक तस्बिर खिचाउन पनि उनीहरु जुटेका देखिन्थे । कोहीकोही पनि शीतल चौतारी खोजेर आराम गर्दै बदाम खाँदै आपसमा गफिँदै थिए ।
सधैँको व्यस्तता छाडेर नेपाली कहिलेकाहीँ राजनीतिक र सामाजिक भेटघाटमा प्रायः रमाउँछन् । त्यसमा पनि सक्रिय राजनीतिमा लागेकाहरुका लागि त राजनीतिक गतिविधि र चियापान कार्यक्रमले उनीहरुमा ऊर्जा दिन्छ । चाडपर्व र संस्कृति सम्पन्न नेपालमा राजनीतिक गतिविधि न्यून बनाएका बेला राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश पनि मिल्दै आएको छ ।
दशैँको कोजाग्रत पूर्णिमाको दिन प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको चियापानले त्यसलाई निरन्तरता दिएको छ । नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले बडादशैँका अवसरमा चियापान कार्यक्रम आयोजना शुरु गरेका थिए । पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७४ जेठ ३ गते एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।
नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुराउनाका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताइन । उनले पार्टी एकता भएपछि दोस्रोपटक भएको चियापानमा पार्टीबीच अन्तरघुलनको मौकासमेत प्रदान गरेको बताइन ।  “एकतापछि यस्ता कार्यक्रम बिरलै भएका छन् । चियापानले एकतालाई अझ मजबुत बनाउँछ”, उनले भनिन ।  “चियापानमा पनि धेरैपछि एकै ठाउँमा नेता र कार्यकता भेट भएर शुमकामना आदानप्रदान गरियो र पार्टी एकताका कामलाई चाँडो टुङ्ग्याउन नेतहरुलाई आग्रह गरियो ।” गृहजिल्ला सप्तरीमा काम भए पनि चियापानका लागि काठमाडौँ बस्नुभएका पूर्वसांसद रञ्जुकुमारी झा ठाकुरले चियापान हुनु आफैँमा सकारात्मक भएको कार्यक्रमको व्यवस्थापन रामै्र भएको जनाए । “ठूलो सङ्ख्यामा रहेका सहभागीलाई युवा स्वयंसेवकले मेहनत गरेर व्यवस्थापन गरेको पाइयो । यसले सौहार्दपूर्ण वातावरण निर्माण गरेको छ । यसको निरन्तरता हुनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले धेरैपछि नेता र कार्यकर्ताबीच यस प्रकारको भेटघाट भएको जनाउँदै चाडपर्वले एकताको सन्देश दिएको प्रतिक्रिया दिए । उनले चियापनले नेकपा, नेपाली काङ्ग्रेस र मधेशवादी दलका नेतालाई एकै ठाउँमा उपस्थित गराएर एकताको सन्देश दिएको बताए ।
दिउँसो १२ बजेदेखि शुरु हुने निर्धारण भएको चियापान कार्यक्रमका लागि सोभन्दाअगावै नेता कार्यकर्ताको आगमन शुरु भइसकेको थियो । प्रवेशद्वारमा पार्टीका विभिन्न नेता एवं सांसदसहितले सहभागीलाई उभिएर स्वागत गरे । बनाइएको मञ्चमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गरे ।
अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै रहे ।
खचाखच उपस्थिति रहेको कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होडिङ बोर्ड र कम्युनिष्टको अन्तर्राष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्वीर खिचिएको थियो । 
चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा भित्र प्रवेश गर्न र बाहिर निस्कन फरक–फरक द्वारको व्यवस्था गरिएको थियो । कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।
चियापानकै मौका पारेर कम्युनिष्ट आन्दोलन र विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि बिक्री वितरण गरिएको थियो । माओत्सेतुङ, पुष्पलाल, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका पुस्तक सजाइएको थियो । पुस्तक मात्र होइन अल्लोको कपडासमेत बिक्री वितरणका लागि राखिएको थियो । कोट, टोपी, जुहारीलगायतका कपडासमेत नेता कार्यकर्ताले किनेका थिए । विशिष्ट पाहुनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलगायतले स्वागत गरेका थिए । (रासस)
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
कार्तिक ३, २०८३
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
कार्तिक ३, २०८३
सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
कार्तिक ३, २०८३
छापा संस्करण [ePaper]
  1. एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
    कार्तिक ३, २०८३
  2. एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
    कार्तिक ३, २०८३
  3. सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
    कार्तिक ३, २०८३
  4. श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    कार्तिक ३, २०८३
  5. दसैँले गाउँबस्तीमा बढायो रौनक
    कार्तिक ३, २०८३
  6. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  7. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  8. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  9. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  10. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  11. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  12. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  13. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  14. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  15. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड