धरान/ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक राजकुमार कार्की सम्मानित भएका छन् ।

सहयात्री बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारेर दोसल्लासहित सम्मान पत्रले बुधबार सम्मानित गरेको हो । त्यसक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदी, धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमलगायत आधा दर्जन व्यक्ति एक साथ सम्मानित भए । सम्मानितहरुलाई संस्थाका अध्यक्ष काजी गिरी, कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले सम्मान पत्र प्रदान गरे ।

मेयर भण्डारी सहयात्रीमा दुई कार्यकाल लेखा व्यवस्थापकको रुपमा कार्यरत रहेकी थिइन् । लेखा व्यवस्थापकको उच्च मूल्यांकन गर्दै उनलाई सम्मानित गरिएको हो । सहकारीले आर्थिक तथा प्रगति प्रतिवेदन पनि प्रस्तुत गरेको छ ।