विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • दुग्धमा आत्मनिर्भर प्रदेश नं. १

दुग्धमा आत्मनिर्भर प्रदेश नं. १

alt
  • असोज २३, २०७६
  • ब्लाष्ट खबर
 
मोहम्मद सदरुल प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा प्रदेश नं १ मा पाँच लाख ८१ हजार ७७९ मेट्रिक टन उत्पादन हुने गरेको छ । यसैगरी माछाको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशले १२ दशमलव ६६ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा सात हजार ७२ मेट्रिक टन माछा बर्सेनि उत्पादन हुने गरेको छ । माछाको राष्ट्रिय उत्पादन ५५ हजार ८४३ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार, मासुको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान १९ दशमलव २६ प्रतिशत रहेको छ । मासुको राष्ट्रिय उत्पादन तीन लाख ३२ हजार ५४४ मेट्रिक टन रहेकोमा यो प्रदेशको उत्पादन ६४ हजार ५४ मेट्रिक टन रहेको छ । त्यस्तै यो प्रदेशमा अण्डाको उत्पादन ११ दशमलव ९७ करोड हो ।
 
यसले राष्ट्रिय उत्पादनमा आठ दशमलव ८५ प्रतिशत योगदान गरेको छ । अण्डाको राष्ट्रिय उत्पादन १३५ करोड हो । प्रदेशमा बागवानी उत्पादन दुई हजार ४७ दशमलव ५९४ मेट्रिक टन, पशुपक्षीजन्य उत्पादन ६५२ दशमलव ९०५ मेट्रिक टन रहेको छ भने कृषि तथा पशु प्रसार सेवाको पहुँच १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आत्मनिर्भर हुन नसकेका खाद्य पदार्थअन्तर्गत माछाको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टनबाट छ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने, मासुको उत्पादनमा १५ प्रतिशत वृद्ध गर्ने प्रदेश योजना आयोगको रणनीति छ ।
 
प्रदेशको मिल्क होली डे हटाउन प्रदेश सरकारले रु २१ करोडभन्दा बढी लगानीमा सुनसरीको तरहरामा पाउडर प्लान्ट (धुलो दुग्ध) स्थापना गर्न लागेकाले पनि दुग्ध उत्पादन गर्ने किसान खुशी भएका छन् । बचत तथा लगानी प्रदेश स्तरका वित्तीय संस्थाको सञ्चालन, व्यवस्थापन, सुधार र नियमनसम्बन्धी कार्य प्रदेशको अधिकार क्षेत्रमा रहेकाले प्रादेशिक गार्हस्थ्य वचत वृद्धि हुँदा पूँजी निर्माण हुन गई आवश्यक लगानीको ठूलो हिस्सा गार्हस्थ्य उत्पादनबाट परिपूर्ति भई स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मद्दत पुग्छ ।
 
प्रदेशका कूल १३७ स्थानीय तहमध्ये १३० वटामा स्थानीय तहमा वित्तीय संस्थाको पहुँच पुगेको प्रदेश योजना आयोगले जनाएको छ । आयोगबाट प्राप्त जानकारीअनुसार २०७५ असार मसान्तसम्म रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन र रु दुई खर्ब ६५ अर्ब कर्जा लगानी भएको छ । प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा बचतको अनुपात ३१ प्रतिशत रहेको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए । उनले प्रतिव्यक्ति वार्षिक उपभोग रु ३३ हजार ६१२, प्रदेशको विप्रेषण आय प्रतिघर पारिवारिक औसत रु ६५ हजार ६२९ रहेको छ । त्यस्तै सहकारी संस्थाले कूल पूँजी रु सात अर्ब पाँच करोड परिचालन गरेकोमा रु २६ अर्ब ९७ करोड ९७ लाख बचत र रु ३१ अर्ब ५३ करोड २२ लाख ऋण प्रवाह गरेको उनले जानकारी दिए ।
 
खाद्य सुरक्षा तथा पोषण खाद्य तथा पोषण सुरक्षालाई उत्पादन, पहुँच, उपभोग र निरन्तरताको आयाममा हेर्नुपर्ने भएकाले यसलाई संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको छ । नेपालको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पोषणका सूचकमा राष्ट्रिय औसतको तुलनामा यो प्रदेशको स्थिति तुलनात्मक रुपमा राम्रो रहेका पाइएको छ । प्रदेशमा न्यूनतम क्यालोरी प्राप्त जनसङ्ख्या ९१ दशमलव छ प्रतिशत रहेको छ भने प्रदेशम खाद्य असुरक्षित परिवार नौ दशमलव दुई प्रतिशत र प्रतिव्यक्ति प्रति वर्ष खाद्य उत्पादन २५६ दशमलव दुई किलोग्राम रहको तथ्याङ्क आयोगले दिएको छ ।
 
उद्योग दिगो विकासको लक्ष्यमा समावेशी एवं दिगो औद्योगिकीकरण तथा साना उद्योग एवं अन्य व्यवसाय विस्तार गर्ने लक्ष्य प्राप्त गर्न सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत र उत्पादनमूलक उद्योगले कुल रोजगारीमा १३ प्रतिशत योगदान दिनुपर्ने आयोगले जनाएको छ । प्रदेशमा ठूला र मझौला उद्योगको सङ्ख्या ७४० र कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १९ दशमलव ९२ प्रतिशत रहेको छ । यसमध्ये विदेशी लगानीमा साना ७३, मझौला ३० र ठूला २२ गरी जम्मा १२५ उद्योगमा रु एक खर्ब दुई अर्ब ४३ करोड लगानी स्वीकृत भएको र उद्योग क्षेत्रमा प्रदेशमा एक लाख एक हजार २७९ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।
सम्बन्धित समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास

धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक ...

आम्दानीको स्रोत बन्दै भटमास खेती

भोजपुर । भोजपुरका किसान भटमास खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।अन्य ...

मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

विजयपुर । सुनसरीको धरान–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
दुङमागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै
असोज १, २०८३
भोटेकोसी बाढीपीडितलाई विश्वकर्मा कल्याणको एक लाख आठ हजार सहयोग
असोज १, २०८३
इटहरीमा १४ असोजदेखि सीप तथा रोजगार मेला
असोज १, २०८३
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
असोज १, २०८३
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
असोज २, २०८३
आम्दानीको स्रोत बन्दै भटमास खेती
असोज २, २०८३
मेघा हिमालयन कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
असोज २, २०८३
भोटेकोसी बाढीः अडिट–३ टनेलमा ६ शव फेला
असोज २, २०८३
चार फरार प्रतिवादी पक्राउ
असोज २, २०८३
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
असोज २, २०८३
धरानका विद्यालयमा नीति विपरीत शिक्षक दरबन्दी मिलान
असोज २, २०८३
छापाका चुनौतीः राज्यको दायित्व र सम्भावनाको खोजी
असोज २, २०८३
३२ वर्षका ती कठिन यात्राः अब पत्रिका बचाउन गाह्रो
असोज २, २०८३
आजको राशिफलः २०८३ साल असोज २ गते शुक्रबार
असोज २, २०८३
जनकल्याण माविमा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक प्रशिक्षण सम्पन्न
असोज १, २०८३
दुङमागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै
असोज १, २०८३
भोटेकोसी बाढीपीडितलाई विश्वकर्मा कल्याणको एक लाख आठ हजार सहयोग
असोज १, २०८३
इटहरीमा १४ असोजदेखि सीप तथा रोजगार मेला
असोज १, २०८३
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
असोज १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क