Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • दुग्धमा आत्मनिर्भर प्रदेश नं. १

दुग्धमा आत्मनिर्भर प्रदेश नं. १

alt
  • असोज २३, २०७६
  • ब्लाष्ट खबर
 
मोहम्मद सदरुल प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा प्रदेश नं १ मा पाँच लाख ८१ हजार ७७९ मेट्रिक टन उत्पादन हुने गरेको छ । यसैगरी माछाको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशले १२ दशमलव ६६ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा सात हजार ७२ मेट्रिक टन माछा बर्सेनि उत्पादन हुने गरेको छ । माछाको राष्ट्रिय उत्पादन ५५ हजार ८४३ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार, मासुको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान १९ दशमलव २६ प्रतिशत रहेको छ । मासुको राष्ट्रिय उत्पादन तीन लाख ३२ हजार ५४४ मेट्रिक टन रहेकोमा यो प्रदेशको उत्पादन ६४ हजार ५४ मेट्रिक टन रहेको छ । त्यस्तै यो प्रदेशमा अण्डाको उत्पादन ११ दशमलव ९७ करोड हो ।
 
यसले राष्ट्रिय उत्पादनमा आठ दशमलव ८५ प्रतिशत योगदान गरेको छ । अण्डाको राष्ट्रिय उत्पादन १३५ करोड हो । प्रदेशमा बागवानी उत्पादन दुई हजार ४७ दशमलव ५९४ मेट्रिक टन, पशुपक्षीजन्य उत्पादन ६५२ दशमलव ९०५ मेट्रिक टन रहेको छ भने कृषि तथा पशु प्रसार सेवाको पहुँच १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आत्मनिर्भर हुन नसकेका खाद्य पदार्थअन्तर्गत माछाको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टनबाट छ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने, मासुको उत्पादनमा १५ प्रतिशत वृद्ध गर्ने प्रदेश योजना आयोगको रणनीति छ ।
 
प्रदेशको मिल्क होली डे हटाउन प्रदेश सरकारले रु २१ करोडभन्दा बढी लगानीमा सुनसरीको तरहरामा पाउडर प्लान्ट (धुलो दुग्ध) स्थापना गर्न लागेकाले पनि दुग्ध उत्पादन गर्ने किसान खुशी भएका छन् । बचत तथा लगानी प्रदेश स्तरका वित्तीय संस्थाको सञ्चालन, व्यवस्थापन, सुधार र नियमनसम्बन्धी कार्य प्रदेशको अधिकार क्षेत्रमा रहेकाले प्रादेशिक गार्हस्थ्य वचत वृद्धि हुँदा पूँजी निर्माण हुन गई आवश्यक लगानीको ठूलो हिस्सा गार्हस्थ्य उत्पादनबाट परिपूर्ति भई स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मद्दत पुग्छ ।
 
प्रदेशका कूल १३७ स्थानीय तहमध्ये १३० वटामा स्थानीय तहमा वित्तीय संस्थाको पहुँच पुगेको प्रदेश योजना आयोगले जनाएको छ । आयोगबाट प्राप्त जानकारीअनुसार २०७५ असार मसान्तसम्म रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन र रु दुई खर्ब ६५ अर्ब कर्जा लगानी भएको छ । प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा बचतको अनुपात ३१ प्रतिशत रहेको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए । उनले प्रतिव्यक्ति वार्षिक उपभोग रु ३३ हजार ६१२, प्रदेशको विप्रेषण आय प्रतिघर पारिवारिक औसत रु ६५ हजार ६२९ रहेको छ । त्यस्तै सहकारी संस्थाले कूल पूँजी रु सात अर्ब पाँच करोड परिचालन गरेकोमा रु २६ अर्ब ९७ करोड ९७ लाख बचत र रु ३१ अर्ब ५३ करोड २२ लाख ऋण प्रवाह गरेको उनले जानकारी दिए ।
 
खाद्य सुरक्षा तथा पोषण खाद्य तथा पोषण सुरक्षालाई उत्पादन, पहुँच, उपभोग र निरन्तरताको आयाममा हेर्नुपर्ने भएकाले यसलाई संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको छ । नेपालको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पोषणका सूचकमा राष्ट्रिय औसतको तुलनामा यो प्रदेशको स्थिति तुलनात्मक रुपमा राम्रो रहेका पाइएको छ । प्रदेशमा न्यूनतम क्यालोरी प्राप्त जनसङ्ख्या ९१ दशमलव छ प्रतिशत रहेको छ भने प्रदेशम खाद्य असुरक्षित परिवार नौ दशमलव दुई प्रतिशत र प्रतिव्यक्ति प्रति वर्ष खाद्य उत्पादन २५६ दशमलव दुई किलोग्राम रहको तथ्याङ्क आयोगले दिएको छ ।
 
उद्योग दिगो विकासको लक्ष्यमा समावेशी एवं दिगो औद्योगिकीकरण तथा साना उद्योग एवं अन्य व्यवसाय विस्तार गर्ने लक्ष्य प्राप्त गर्न सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत र उत्पादनमूलक उद्योगले कुल रोजगारीमा १३ प्रतिशत योगदान दिनुपर्ने आयोगले जनाएको छ । प्रदेशमा ठूला र मझौला उद्योगको सङ्ख्या ७४० र कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १९ दशमलव ९२ प्रतिशत रहेको छ । यसमध्ये विदेशी लगानीमा साना ७३, मझौला ३० र ठूला २२ गरी जम्मा १२५ उद्योगमा रु एक खर्ब दुई अर्ब ४३ करोड लगानी स्वीकृत भएको र उद्योग क्षेत्रमा प्रदेशमा एक लाख एक हजार २७९ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।
सम्बन्धित समाचार
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?

धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङे खहरे पुल भत्किएको साउन २ ...

आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २० गते शुक्रबार, ...

विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved