जिरोपोइन्ट । धरान १५ बगरकोटमा पहिलो पटक बगरकोट लोकदोहोरी साँझ लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।
विहान १० बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहने पूर्ण पारीवारीक वातावरण तथा सुरक्षित रहेको उक्त लाउञ्जमा साँझ ६ बजेदेखि साढे १० बजेसम्म पूर्वेली तथा पश्चिमेली लोक भाकाहरुको प्रस्तुति रहने लाउन्जका व्यवस्थापक शुक्र मेन्याङ्बोले बताएका छन् ।

उनले विशेष गरी माछाको परीकार, पिज्जा साथमा मालिक परीकार, अर्डर अनुसार सबै प्रकारको खानेकुरा पाइनुका साथै बगरकोटभित्र सबैभन्दा सस्तो दरमा सबै प्रकारको पेय पर्दाथ समेत उपलब्ध रहेको बताएका छन् । उद्घाटनको अवसरमा सबै सेवाहरुमा १० प्रतिशत छुट रहेको समेत जानकारी दिएका छन् ।

जम्मा १ कठ्ठा १५ धुर क्षेत्रफल रहेको उक्त लाउञ्ज १० लाखको लागतमा १२ जना सञ्चालकहरुको साझेदारीमा सुरुगरीएको लाउनञ्जका प्रबन्ध निर्देशक नरेन्द्र इवारमले बताएका छन् । लाउनञ्जमा हाल ३२ जना कर्मचारी र७ जना कलाकारहरू कार्यरत रहेका छन् । नियतित रुपमा ७ जना कलाकारहरुले लोकदोहोरी प्रस्तुत गर्ने र विभिन्न अवसरमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत राखिनेछ ।
उक्त लाउन्जको मंगलबार धरान १५ वडाअध्यक्ष नरेशकुमार इवारमले रिबन काटेर उद्घाटन गरेका थिए ।