काठमाडौं ।  सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन शुरु भएको छ । आज दिउसोदेखि अनलाइन आवेदन खुलेको हो । ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे सम्म आवेदन दिने सकिने छ ।

यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट पनि बनाएको हुनु पर्ने नियम बनाएको छ । पासपोर्टको म्याद र इमेल ठेगाना नभएको आवदेन स्वीकार नगर्ने भएको छ ।
आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने दुतावासले जनाएको छ । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राखी नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा पाउन सकिने छ । यस बर्षदेखि भारत र पाकिस्तानसहित १७ देशका नागरिकले डीभी भर्न नपाउने भएका छन् ।