सुनसरी / ग्राहक तथा शेयर सदस्यहरुलाई सहज बनाउने उदेश्यले सगुन कृषी सहकारी संस्था लिमिटेड इटहरीले तरहरामा ‘सुगन कोप सप’ सहकारी पसल सञ्चालन गरेको छ ।
झण्डै दुइ करोड रुपैयाँको लगानीमा शूरु भएको कोप सपको बडा दशैंको अवसरमा पारेर शुभारम्भ गरिने छ । विहीबार देखि पूर्ण रुपमा सञ्चालनमा आउने कोप सपको बारेमा जानकारी दिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सगुन कृषी सहकारी संस्थाका अध्यक्ष टीकादत्त वनले कोप सपमा खाद्यान्न तथा घरासयी सामानहरु सुलभ र सुपथ मुल्यमा पाइने बताए । विहान पौने ८ बजे देखि साँझ ८ बजेसम्म खुल्ला हुने कोप सप अन्तराष्ट्रिय मापदण्डको भएको र हाल २५ हजार प्रकारका सामानहरु पाइने कन्सल्टेन्ट हेमन्त दंगालले बताए ।
‘तपाईकै सहकारीः तपाईकै पसलः तपाईकै मुनाफा’ भन्ने नाराका साथ शूरु भएको सफथ पसल कोप सपमा दशैं र तिहारको अवसरमा विशेष छुटको व्यवस्था गरेको गरेको अध्यक्ष वनले जानकारी दिए । साथै प्रत्येक एक हजारको खरिदमा कुपन प्राप्त हुने र आगामी वैशाख महिनामा गोला प्रथाद्वारा ७ जनालाई विभिन्न पुरस्कार समेत प्रदान गर्ने संस्थाका प्रवन्धक कमलकान्त राईले बताए । सहकारी पसलमा तत्काला १६ जनाले रोजगारी पाएको र कृषी लगायतका क्षेत्रमा सहकारीले काम गरिरहेको सो अवसरमा जानकारी दिइयो ।