पथरी /  १ नम्बर प्रदेश सरकार, राष्ट्रिय युवा परिषद र मोरङ उर्लाबारीमा मुख्य कार्यालय रहेको मदन भण्डारी स्मृती प्रतिष्ठानको साझेदारीमा युवा नवप्रवर्तन केन्द्रको स्थापना भएको छ ।
व्यवसायिक सोच भएका युवाहरुलाई तालिम, लगानी र उत्पादित सामाग्रीको बिक्री वितरणसम्म गर्न सहयोग गर्ने उदेश्यले युवा नवप्रवर्तन केन्द्रको स्थापना गर्दै त्री पक्षीय समझदारी भएको हो । प्रदेश सरकार, प्रतिष्ठान र युवा परिषदवीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको थियो । १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे, राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र प्रतिष्ठानको अध्यक्ष गुरु बरालको रोहोबरमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
व्यवसाय गर्न चाहने युवाहरुलाई उस्को रुचि र दक्षता अनुसारको तालिम, लगानी जुटाइदिने र उनिहरुले उत्पादन गरेको सामाग्रीहरुलाई बजारीकरणसम्म युवा नवप्रर्तन केन्द्रले गर्ने मदन भण्डारी स्मृति प्रतिष्ठानको अध्यक्ष गुरु बरालले बताए ।
सो प्रयोजनको लागि राष्ट्रिय युवा परिषदबाट ६५ लाख र प्रदेश सरकारबाट एक करोड व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश सरकारले चाँडै नियमावली बनाएर कार्यक्रम सुरु गर्ने समेत बताए । संघीय सरकारले युवालाई युगान्तकारी परिवर्तन गराउन १५ औं योजनामा युवा नवप्रर्तन केन्द्रको स्थापनाको लक्ष र वर्तमान सरकारको नीति तथा कार्यक्रम अनुसार यो योजना नेपालमै पहिलो पटक लागू गर्ने प्रयास भएको युवा परिषदको उपाध्यक्ष माधवप्रसाद धुङ्गेलले बताए ।
तीन पेजमा रहेको समझदारी पत्रमा युवा परिषदले समन्वयत्मक भूमिका खेल्ने, प्रदेशको सामाजिक मन्त्रालयले नीति निर्मान र श्रोत व्यवस्थापन गर्ने र प्रतिष्ठानले कार्यान्वयनको योजना निर्माण, मानव संसाधनको व्यवस्थापन र व्यवसायिक युवाहरुलाई परामर्श तथा कार्यन्वयनको पाटो जिम्मा लिने उल्लेख छ । आगामी २५ बर्षसम्म लागूहुने समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक विनोद अर्याल, परिषदको प्रशासकिय अधिकृत डा.बाबुराम ढुङ्गा्ना, मन्त्रालयको उपसचिव दामोदर फुयलले हस्ताक्षर गरेको हो ।
समझदारीपछी मन्त्री जीवन घिमिरेले युवाहरुको पहलमा नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै अब देशलाई संमृड्दीको लागि युवाहरु व्यावसायिक बन्नु पर्ने पताए कार्यक्रममा आइडिया स्टुडियो नेपालका अध्यक्ष प्रा.डा. छिरिङ शेर्पाको समेत उपस्थिती रहेको थियो ।