बिर्तामोड /  लागूऔषध तथा दुव्यसन न्युनीकरण गर्ने उदेश्यले झापाको बिर्तामोडमा ‘बिर्तामोड मिनी महोत्सब’ आयोजना भएको छ ।
नयाँ सृष्टि सुधार केन्द्र बिर्तामोडको आयोजनामा भएको मिनी महोत्सबको सोमवार उद्घाटन गरिएको हो । वडादशै, दिपावली तथा छठ पूजाको अवसर पारेर महोत्सब आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सागर पकवालले जानकारी दिए ।
आयोजकले ९ दिनसम्म महोत्सब सञ्चालन गर्नका लागि प्रशासनसँग अनुमति लिएको जनाएको छ । महोत्सबबाट बचत भएको रकमले लागूऔषध दुब्र्यसनमा फँसेका युवा युवतीलाई अस्पताल लगेर उपचार गर्ने योजना बनाएको बताइएको छ ।
महोत्सवमा जुवाजन्य खेल र लागूऔषध प्रतिबन्ध गरिएको आयोजकले जनाएको छ । महोत्सबमा मनोरञ्जनात्मक खेल तथा सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा वडासदस्य प्रेम खरेल, रविन बैध, रामबहादुर वस्नेत, खेमनाथ न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुमन शर्माले गरेका थिए ।