इनरुवा / इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको खेल स्थगित भएको छ ।
वर्षाका कारण मैदानमा पानी जमेकाले शनिबार राती हुने खेल स्थगित गरिएको प्रतियोगिता संयोजक सञ्जय यादवले जानकारी दिए ।
समूह बी अन्र्तगतको पहिलो खेलमा शनिबार बेलुकी नेपाल पुलिस र बिराटनगरबिच प्रतिष्पर्धा हुने कार्यतालिका रहेको थियो ।
शनिबारकालागि स्थगित गरिएको खेल आइतबार खेलाइने आयोजकले जनाएको छ ।
समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र आर्मी सहित बिरगञ्ज,धनगढी,बिर्तामोड, झापा र काठमाण्डौं रहेका छन् । समूह ए बाट विभागीय टोली एपीएफ यसअघिनै फाइनल पुगिसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिन वर्षा जारी रहने अनुमान गरेकाले प्रतियोगिताका खेलहरु प्रभावित हुने देखिएको छ ।