मधुमल्ला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा रहेको गिताञ्जली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई दिवा खाज खुवानका लागि कमाना सेवा विकाश बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बिहिबार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कामना सेवा विकाश बैंकका प्रदेश नं. १ का प्रमुख सुजन छाराहाङ राईले विद्यालयलाई उनन्सत्तरी हजार एक सय बिस रुपया हस्तान्तरण गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम अत्यावस्यक रहेको तर चुलाचुली गा.पा.का विद्यालयहरुमा शिक्षकहरुको कमी रहेकाले यस बर्ष दिवा खाजा कार्यक्रम लाई अगाडि बढाउन नसकिएको बताए । दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धीमा समेत सहयोग पुर्याउने भएकाले यो यस प्रकारका कार्यक्रमहरुलाई गाउँपालिकाले प्राथमिकताका साथ अगाडी बढाउने बताए ।
चेक बुझ्दै विद्यालयका प्रधानाध्यापक लक्ष्मण कुमार मिश्रले विद्यालयका नानीहरुलाई खाजा खुवान समस्या भइरहेको थियो कामनासेवा विकास बैंकको सहयोगले साना साना नानी बाबुहरुलाई खाजा खुवाएर दिन भर पठन पाठन गर्न सहज भएको बताए ।
बाल कक्षा देखी कक्षा ३ सम्मका छात्र/छात्राहरुलाई दिवा खाजा खुवाइने मिश्रले बताए । बाल कक्षा देखी कक्षा ३ सम्म ४० जना छात्र÷ छात्रा विद्यालयमा अध्ययन रतछन । बाल कक्षा देखी कक्षा ८ सम्म पढाइ हुने उत्त विद्यालयमा ९३ जना विद्याथीहरु अध्ययनरत छन ।
































